• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, वैशाख २२, २०८३ Tue, May 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

दिगो विकासका लक्ष्य हासिल गर्न ७ वर्ष बाँकी, कमजोर सरकारी संयन्त्रले उपलब्धि भेटाउन चुनौती 

64x64
नेपाल लाइभ सोमबार, असार ४, २०८०  १५:५६
1140x725

काठमाडौं– राष्ट्रिय सभा अन्तर्गत रहेको दिगो विकास तथा सुशासन समितिले दिगो विकासका लक्ष्यसम्बन्धी काम गर्दै आएका विभिन्न गैरसकारी संघ–संस्थासँग छलफल गरेको छ।

सन् २०१५ मा संयुक्त राष्ट्रसंघको साधारण सभाबाट अनुमोदन गरिएका १७  वटा महत्वकांक्षी दिगो विकासका लक्ष्य १५ वर्षमा हासिल गर्नका लागि अघि बढाएको थियो। दिगो विकास लक्ष्य हासिल गर्नका लागि सात वर्षको समायवधि मात्रै रहँदा माथिल्लो सदनमा रहेको दिगो विकास तथा सुशासन समितिले कार्यान्वनयको अवस्थाबारे छलफल गरेको हो।

सोमबार समितिका सभापति प्रकाश पन्थीले दिगो विकास लक्ष्य कार्यान्वनयको अवस्था अध्ययन तथा मूल्यांकनका बारेमा छलफल गरेका हुन्। सात वर्षको अवधि बाँकी रहँदा सरकारको तर्फबाट के कति उपलब्धि हासिल भएका छन्, तीनवटै सरकारमा कार्यान्वयनको अवस्था के कस्तो छ? विद्यमान समस्या र चुनौतीलाई सुधारका लागि के गर्नुपर्छ? लगायतका सवालमा संघीय संसद्का सचिव डा रोजनाथ पाण्डेले प्रष्ट पारेका थिए।

पाण्डेले दिगो विकास लक्ष्य हासिल गर्नका लागि सरकारले ‘राष्ट्रिय भिजन २०२१’ मार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणा ल्याएको बताए। उनले  भने, ‘दिगो विकास लक्ष्य हासिल गर्न नेपाल भिजन २०२१ जारी भयो। जसमार्फत् राष्ट्रिय भिजनःसमृद्ध नेपाल,सुखी नेपाली का लागि ५ वटा पञ्चवर्षीय योजना तय भए। नेपालले कसैलाई पछाडी नछाड्ने नीति अवलम्बन गरेको छ।’

सचिव पाण्डेले कसैलाई पछाडी नछाड्ने नीति अनुरुप दिगो विकास लक्ष्य १ देखि ८,१०,११ र १६ मा प्रगति गरेको, १३ मा प्रगती नगरेको तथा पुरुषको तुलनामा महिलाहरु निकै पछि रहेको विवरण सुनाए। 

त्रिविले अध्ययन गरेको एक प्रतिवेदन अनुसार २८ प्रतिशत मधेशी दलित, ३१ प्रतिशत पहाडी दलित र १४ प्रतिशत मुस्लिम पछाडी रहेको देखाएको छ।  दिगो विकासले पृथ्वी, मानव, समृद्धि, शान्ति र साझेदारी गरी ५  वटा  स्तम्भ  अघि सारेको छ।

केही स्थानीय तहले भने आवधिक गाउँ विकास योजना लागू गरेर दिगो विकास लक्ष्य हासिल गर्न काम गरिरहेको बताइएको छ।

लक्ष्य भेटाउने अभियानमा सरकारी संयन्त्रकै कमजोरी
दिगो विकास लक्ष्य हासिल गर्नका लागि काम गरिरहेका विभिन्न गैर सरकारी तथा भोलेन्टियर संस्थाका प्रतिनिधिहरुले सरकारी पक्षबाट नै अपनत्व नभएको गुनासो गरेका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

छलफलका क्रममा गैर सरकारी संस्थाका अध्यक्ष राम प्रसाद सुवेदीले दिगो विकास लक्ष्य हासिल गर्नका लागि विभिन्न क्षेत्रका सरोकारवालाहरुको सहभागिता हुनुपर्नेमा जोड दिए। 

उनले भने, ‘योजना तर्जुमा दिगो विकासका लक्ष्य केन्द्रित भएर काम गर्नुपर्छ। लक्ष्य प्राप्त गर्नका लागि सरकारी तथा गैर सरकारी संस्थाहरुले अपनत्व लिन जरुरी छ।’

उनले यसमा सरकारको मुख मात्रै नताकेर सबैले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। साथै उनले यसमा बजेटको कमी भएको र सरकारले ठोस नीति बनाउन नसकेको बताए। 

त्यसैगरी एसिया दलितका महासचिव भक्त विश्वकर्माले पछाडी परेको वर्गलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै सरकारले आफ्ना नीति तथा कार्यक्रममा बाध्यात्मक तरिकाले नै बजेट व्यवस्था गर्नुपर्ने बताए। 

युथ एड्भोकेसी नेपालका सल्लाहकार नरेन खतिवडाले दिगो विकास लक्ष्य हासिल गर्नका लागि सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिबद्धता जनाए पनि कार्यान्वयन नगरेको आरोप लगाए। 

उनले भने,‘सरकारले दिगो विकास लक्ष्यका १७ वटा लक्ष्य हासिल गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिबद्धता जनाएको छ। तर, कार्यान्वयन हुन सकेको छैन। तथ्यांकमासमेत ग्याप देखिएको छ। सरकारले यस्ता विषयलाई ध्यान दिनुपर्छ।’

दिगो विकास लक्ष्य हासिल गर्नका लागि गैरसरकारी निकायका तर्फबाट एकराज लकान्द्रो, कृष्णकुमारी वाइवा, रोशना खड्का, पार्वती गौतम, राकेश कर्ण, योगेन्द्र गान्धारीलगायतले सुझाव दिएका थिए।

सुझावपछि दिगो विकास तथा सुशासन समितिका अध्यक्ष प्रकाश पन्थीले समिति आफैं कार्यान्वयन गर्ने निकाय नभएकाले सरकारका सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरे। उनले गैर सरकारी निकायलाई गरेका कामबारे प्रतिवेदन पठाउन अनुरोध गर्दै भविष्यमा सहकार्य रहिरहने प्रतिबद्धतासमेत व्यक्त गरे। 

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १५:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तोलाको ३८ सयले घट्यो सुन
सभापति थापाले पूर्णबहादुर खड्का र डा. कोइरालालाई भेट्दै
विद्यार्थीले राजनीति गुरुबाट सिकून्, नेताको भिडबाट होइन : प्रधानमन्त्री
सम्बन्धित सामग्री
उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि मतदान जारी चार उपाध्यक्षसहित, विषयगत समूहतर्फको केन्द्रीय सदस्यका लागि राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा मतदान सुरु भइरहेको छ । सोमबार ललितपुरको ग... मंगलबार, वैशाख २२, २०८३
बाढी र पहिरोका कारण यी राजमार्ग पूर्णरुपमा अवरुद्ध (सूची) नेपाल प्रहरीले मंगलवार बिहान अद्यावधिक सूचना जारी गर्दै यो जानकारी दिएको हो । मंगलबार, वैशाख २२, २०८३
व्यवसायी शेखर गोल्छा रिहा लगत्तै पक्राउ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पुनः पक्राउ गरेको हो । मंगलबार, वैशाख २२, २०८३
ताजा समाचारसबै
मन्त्रिपरिषद् बैठक बस्दै मंगलबार, वैशाख २२, २०८३
संवैधानिक परिषद्को बैठक बस्न गणपूरक संख्या ४, निर्णय ३ जनाले गर्नसक्ने मंगलबार, वैशाख २२, २०८३
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश मंगलबार, वैशाख २२, २०८३
उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि मतदान जारी मंगलबार, वैशाख २२, २०८३
बाढी र पहिरोका कारण यी राजमार्ग पूर्णरुपमा अवरुद्ध (सूची) मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
पश्चिम बंगालमा पनि भाजपा सत्ता, मुख्यमन्त्री ममता बेनर्जी पराजित मंगलबार, वैशाख २२, २०८३
लिपुलेक मार्गबारे भारतको प्रतिक्रिया: ‘१९५४ देखि प्रयोगमा रहेको पुरानो मार्ग’ सोमबार, वैशाख २१, २०८३
व्यवसायी शेखर गोल्छा रिहा लगत्तै पक्राउ मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्