काठमाडौं– माल्दिभ्समा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपअन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले आयोजक माल्दिभ्सलाई पराजित गर्दै विजयी हासिल गरेको छ।
माल्दिभ्सको मालेमा आइतबार राति भएको खेलमा नेपालले आयोजक माल्दिभ्सलाई ७५–६८ अङ्कले पराजित गर्यो। नेपालको यो तेस्रो जित हो। पहिलो खेलमा भुटानसँग पराजित नेपालले त्यसपछि लगातार पाकिस्तान र बंगलादेशलाई हराएको थियो।
यस जितसँगै नेपाल शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुगेको छ। ४ खेलमा ७ अङ्क जोड्दै नेपाल शीर्षस्थान रहेको छ। समान अङ्कका साथ पाकिस्तान दोस्रो स्थानमा छ।
यसैगरी समान ६ अङ्कका साथ बङ्गलादेश तेस्रो र भुटान चौथो स्थानमा रहेको छ। ४ अङ्क जोडेको माल्दिभ्स समूह चरणबाट बाहिरिएको छ।
शीर्ष ४ टोलीले सेमिफाइनल खेल्नेछन्। प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका पाँच राष्ट्रको सहभागिता रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।