काठमाडौं– काठमाडौ संखुवासभाको चैनपुर नगरपालिका क्षेत्रमा पर्ने हेवा खोला र पिलुवा खोलमा शनिबार राति आएको बाढीमा परि बेपत्ता भएका १९ जनाको पहिचान खुलेको छ।
चैनपुर नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै उनीहरुको पहिचान भएको जनाएको छ। शनिबार राति अन्दाजी १०:०० बजेपछि परेको अविरल वर्षाका कारण आएको बाढीबाट खोला किनारमा रहेका संरचना, पक्की पुलहरु (चैनपुर नुनढाकी जाने पुल, चैनपुर पाचवपन जाने दोभानेमा निर्माणधिन पक्की पुल र चैनपुर पाचखपत जाते भञ्ज्याङ वर्क फेदीको मोटरेवल पुल), घरहरु, जग्गा जमिनमा रहेका बालीनाली, चौपाया, मानवीय क्षति तथा चैनपुर नगरपालिका वडा नं. ४ मा पर्ने अपर हेवा हाइड्रोपावर र सुपर हेवा हाइड्रोपावरको संरचनाको क्षति भएको नगरपालिकाले जनाएको छ।
उक्त प्रकोपजन्य क्षतिबाट अपर हेवा हाइड्रोपावर र सुपर हेवा हाइड्रोपावरको संरचनासहित मानविय क्षति तथा बाढीका कारण श्रमिक तथा कर्मचारीहरु बेपत्ता भएको नगरपालिकाले जनाएको छ।
‘यो समयमा सम्पूर्ण सरोकारवाला व्यक्ति, संघ संस्था, सरकारी तथा गैर सरकारी संघ संस्थाहरुलाई खोज, राहत, सहयोग तथा मानवीय उद्धार कार्यमा सहयोग गरिदिनु हुन चैनपुर नगरपालिका हार्दिक अपिल गर्दछ’ नगरको विज्ञप्तिमा भनिएको छ।
यी हुन् हालसम्म बेपत्ता भएकाहरु
1687094861.jpg)
1687094861.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।