काठमाडौं– अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले करिब पाँच वर्षयताकै उच्चस्तरीय भ्रमणको नेतृत्व गर्दै आइतबार चीन पुगी चिनियाँ अधिकारीहरूसँग वार्ता सुरु गरेका छन्।
दुवै पक्षले भ्रमण विश्वका दुई ठूला अर्थतन्त्रबीच व्यापार, प्रविधि र क्षेत्रीय सुरक्षासम्मका विभिन्न विषयमा मतभेद रहेको अवस्थामा सञ्चार सुधार र द्वन्द्व रोक्न सफल हुनेमा आशावादी बनेको बताएका छन्।
ब्लिन्केन र उनका सहयोगीहरूले बेइजिङको प्राचीन दियाओयुताई बगैंचामा अलङ्कृत रूपमा सजाइएको स्टेट भिल्लामा विदेशमन्त्री किन गाङलाई भेटेर दुई दिने भ्रमणको सुरुवात गरेका थिए।
ब्लिन्केनलाई चीनमा पुग्दा सहकक्षी किनले स्वागत गरेका थिए। उनीहरूले दुवै मुलुकका राष्ट्रिय झन्डाको छेउमा उभिएर हात मिलाएका थिए।
यसअघि अमेरिकी नीति निर्माताहरूले पार्टीगत आधारमा पहिचान गरेको देशसँगको सम्बन्धलाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्न र वासिङ्टनको विश्वव्यापी प्रभुत्वका लागि सबैभन्दा ठूलो चुनौतीका रूपमा आफूले ‘गलत अनुमान’ गर्न नचाहेको विदेशमन्त्री ब्लिन्केनले बताएका थिए।
उनको यसै वर्षको सुरुमा फेब्रुअरीमा भ्रमण गर्ने कार्यक्रम तय गरेको भय पनि संयुक्त राज्य अमेरिकाले चिनियाँ जासूस बेलुन आफ्नो भूमिमा उडिरहेको भन्दै विरोध गरेपछि अचानक भ्रमण रद्द भएको थियो। बेलुनलाई अमेरिकी सेनाले पछि गोली हानी समुद्रमा खसालेको थियो।
अमेरिकी राष्ट्रपति जो बाइडेनले ब्लिन्केन चीनतर्फ जाँदै गर्दा बेलुन प्रकरणलाई कम महत्व दिँदै भने, ‘चिनियाँ नेतृत्वलाई यो कहाँ छ भन्ने थाहा थियो र यसमा के थियो र के भइरहेको थियो भन्ने थाहा थियोजस्तो मलाई लाग्दैन।’
गत नोभेम्बरमा बालीमा भएको जी–२० शिखर सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति बाइडेनले चिनियाँ समकक्षी सी चिनफिङबीच भएको लामो र अत्यन्त सौहार्दपूर्ण भेटवार्तापछि आफूले उनलाई फेरि छिट्टै भेट्ने आशा व्यक्त गरेका थिए।
उक्त अवसरमा बाइडेनले भने, ‘मलाई आशा छ, आगामी केही महिनाभित्र म सीसँग फेरि भेट्नेछु र हामीसँग भएका जायज मतभेदका बारेमा कुरा गर्नेछु।’
बेइजिङकी सहायक विदेशमन्त्री हुवा चुनयिङले आइतबार ट्वीट गर्दै यो बैठकले ‘चीन–अमेरिकालाई अघि बढाउन मद्दत पुग्ने’ राष्ट्रपतिबीच सहमति भएको सम्बन्धलाई अघि बढाउने विश्वास व्यक्त गरेकी छन्।
दुवै नेताले आगामी सेप्टेम्बरमा नयाँ दिल्लीमा हुने जी–२० शिखर सम्मेलनमा भाग लिने सम्भावना छ र सीलाई नोभेम्बरमा अमेरिकाले एशिया–प्रशान्त आर्थिक सहयोग मञ्चको आयोजना गर्दा सान फ्रान्सिस्कोको भ्रमणका लागि निमन्त्रणा दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।