• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

काभ्रेमा लागुऔषधका कारोबारी सक्रिय, नियन्त्रणका लागि ‘एक्सन टिम’ परिचालन

64x64
नेपाल लाइभ शनिबार, असार २, २०८०  १३:०८
1140x725

काभ्रे- बनेपा नगरपालिका–८ बाट प्रहरीले बिहीबार प्रतिबन्धित खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गर्‍यो। इलाका प्रहरी कार्यालय बनेपा र लागुऔषध नियन्त्रण ब्युरोसहितको प्रहरी टोलीले खैरो हिरोइनसहित काभ्रेपलाञ्चोक, तेमाल गाउँपालिकाकी १९ वर्षीया युवती र भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका–९ का ३० वर्षीय युवकलाई पक्राउ गरेको हो। 

राति ८ बजे उनीहरुबाट ६५ ग्राम खैरो हिरोइन, डिजिटल तराजु एक थान, तीन लाख १९ हजार रुपैयाँ र आइफोन–११ एक थान बरामद गरिएको कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिए। उनका अनुसार पक्राउ परेका दुवैलाई शुक्रबार जिल्ला अदालतबाट लागुऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गतको कसुरमा पाँच दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको छ।

यस घटनाले काभ्रेमा सात महिनापछि लागुऔषध कारोबारी पुनः सक्रिय भएको देखिन्छ। प्रहरीले प्रतिबन्धित औषधि कारोबार गरेको आरोपमा २०७९ कात्तिकमा बनेपा र पनौतीका चार जनालाई पक्राउ गरेको थियो। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बनेपाको प्रहरी टोलीले लागुऔषधसहित चारै जना २२ वर्षकालाई पक्राउ गरेको थियो। 

उनीहरुको साथबाट डाइजापाम एम्पुल १७ थान, बुप्रिनोफाइन एम्पुल १५ थान, फेनेगर्नन १७ थान, नुफिन एम्पुल दुई, ‘नाइट्राभेट–१०’ ७० चक्की, लाइफलाइन लेखिएको सिरिञ्ज पाँच थान तथा नगद रु ४३ हजार बरामद गरिएको थियो। त्यसयता लागुऔषधका कुनै पनि घटना सार्वजनिक भएका थिएनन्। 

प्रहरीले पक्राउ परेका सार्वजनिक गर्दै अनुसन्धानका म्याद थप गर्दै कसुरका आधारमा अदालतमार्फत सजाए दिलाउने गरेको छ। यस्तै प्रहरीले गत भदौमा पनि ‘नियन्त्रित औषधि’सहित बनेपा नगरपालिका–८ उदय मेडिकल हलका सञ्चालकलाई पक्राउ गरेको थियो। मकैले नियन्त्रित औषधि बिना‘प्रेस्क्रिप्सन’ बिक्री गरेका कारण प्रहरीले उनको मेडिकल पसलबाट ठूलो मात्रामा औषधिसमेत बरामद गरेको हो। 

प्रहरीले त्यतिबेला हलबाट नियन्त्रित मानिएका ठूलो सङ्ख्यामा ट्याब्लेट बरामद गरेको थियो। बरामद गरिएका औषधि सञ्चालकले चिकित्सकीय सिफारिसबिना बिक्री गर्दै आएको अनुसन्धानबाट खुलेको थियो। त्यसरी बिक्री गरिएका औषधि ‘लागुऔषध’को रुपमा प्रयोग गर्ने गरेको प्रहरीको भनाइ छ। 

यसअघि इप्रका बनेपाले प्रतिबन्धित लागुऔषध कारोबारमा संलग्न पाँच जनालाई २०७९ साउनमा पक्राउ गरेको थियो। प्रहरीले भारतबाट वीरगञ्ज हुँदै काभ्रेपलाञ्चोकको बनेपामा लागुऔषध कारोबारमा संलग्न भएका उनीहरुलाई वीरगञ्जबाट पक्राउ गरेको थियो। लागुऔषध कारोबार तथा ओसारपसारमा संलग्न भएकाबाट प्रहरीले ३०२ एम्पुल डाइजेपाम, ३०२ एम्पुल फेनेर्गन र ३०२ थान नोफिन गरी कूल ९०६ थान लागुऔषध बरामद गरेको थियो। 

त्यतिबेला प्रहरीको अनुसन्धानले वीरगञ्जबाट काभ्रेपलाञ्चोक अन्तर्गत समेत पर्ने बीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास सडक)को प्रयोग गरी बनेपा हुँदै लागुऔषध काठमाडौँ पुर्‍याउने र काठमाडौंबाट पुनः बनेपा ल्याई कुलतमा फसेका युवालाई बिक्री गर्ने गरेको देखाएको प्रहरीले जनायो। यो घटनामा भने प्रहरीले छोटो समयमा भारतबाट बनेपासम्म लागुऔषधको कारोबार गर्ने समूहलाई छोटो समयमा नै पक्राउ गर्न सफल भएको देखिन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

यसअघि ०७९ वैशाखमा लागुऔषध प्रयोगकर्ता चार चालकलाई काभ्रेपलाञ्चोकस्थित अरनिको राजमार्गका जाँचका क्रममा प्रहरीले प्रक्राउ गरेको थियो। यस्तै प्रहरीले सुराककै आधारमा गत वर्षको माघमा चिकित्सकको आधिकारिक सिफारिसबिना प्रतिबन्धित औषधि (नसालु पदार्थका रुपमा सेवन गरिने) बिक्री गर्ने पनौती नगरपालिका–२ स्थित एक फार्मेसी सञ्चालकलाई पक्राउ गरेको थियो। साथै उनको फार्मेसीबाट विभिन्न प्रकारका सात हजार १३८ प्रतिबन्धित लागुऔषध ट्याब्लेटसमेत बरामद गरिएको थियो। 

घटनाक्रमले सुराकको आधारमा मात्रै प्रहरीले जाँच गर्ने र लागुऔषध कारोबारमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने गरेको देखाएको छ। साथै, विपी राजमार्गबाट अधिकांश रुपमा लागुऔषध ओसारपसार हुने गरेको देखिएको हो। काभ्रेपलाञ्चोकलगायत छिमेकी जिल्ला तथा राजधानीका विभिन्न स्थानमा बिक्री हुने प्रतिबन्धित लागुऔषध मध्यपहाडी क्षेत्रअन्तर्गतको राजमार्गबाट तस्करी हुने जिल्लास्थित प्रहरीको रेकर्डबाट देखिन्छ। 

यस्तै प्रहरीले सुराकीको आधारमा उक्त राजमार्गबाट आउने सवारी जाँच गर्दा दर्जनौँ पटक प्रतिबन्धित औषधि बरामद गर्दै ओसारपसार संलग्न व्यक्तिलाई पक्रेर मुद्दासमेत चलाउने गरेको छ। प्रहरीको तथ्याङ्कअनुसार बितेको पाँच वर्षमा लागुऔषध ओसारपसारसम्बन्धी ४० वटा मुद्दामा करिब एक सयलाई पक्राउ परेका छन्। पक्राउ परेकामध्ये पनि अधिकांशले ‘ब्रोकर’ बनेर काम गरिरहेको बयान दिँदै आएको प्रहरीले जनायो। 

प्रहरीको अनुसन्धानले विशेष गरी ‘टिनएजर्स्’ यसको तस्करी र प्रयोगकर्ताका रुपमा देखिएको छ। घटना विवरणअनुसार तराई क्षेत्रबाट विपी राजमार्गहुँदै लागुऔषध तस्करी भई लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ काभ्रे बनाएकोसमेत देखिन्छ।   

Xtrem

Xtrem

पछिल्ला घटनाले तराईसँग छोटो दूरीका रुपमा रहेको बिपी राजमार्गबाट लागुऔषध भित्रिने गरेको देखिएकाले उक्त राजमार्गमा ‘एक्सन टिम’ परिचालन गरिएको प्रहरी जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भाग्यपुरुष ढकालले बताए। 

उनका अनुसार पक्राउ परेकाले भारतका विभिन्न स्थानबाट लागुऔषध सङ्कलन गरी बनेपा र आसपासका सहर तथा काठमाडौँमा बिक्री गर्दै आएको देखिन्छ। लागुऔषध विशेष गरी युवा पुस्ताले प्रयोग गरेको पाइएको प्रहरीकै अनुसन्धानले देखाएको छ।

प्रकाशित मिति: शनिबार, असार २, २०८०  १३:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कार्टुन
क्लोपको नेतृत्वमा जर्मनीले पहिलो हार
भोटेकोशी बाढीमा फेला परेका शवको संख्या १ हजार ४ सय ५३ मा रोकियो
सम्बन्धित सामग्री
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ जबरालाई गएराति काठमाडौंको महाराजगञ्जस्थित निवासबाटै पक्राउ गरिएको स्रोतले जनाएको छ। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय,... आइतबार, असोज ११, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेन्टभित्र लुकाएर ल्याइएको ५३५ ग्राम सुनजस्तो देखिने पहेंलो धातुसहित एक जना पक्राउ परेका छन्। बिहीबार, असोज ८, २०८३
ग्रीन आर्मीको प्रभाव: सुरक्षा निकायको नाम र पोशाक मिल्ने संस्था दर्तामा रोक गृह मन्त्रालयले बुधबार सचिवस्तरीय निर्णय गर्दै देशभरका जिल्ला प्रशासन कार्यालयलाई यससम्बन्धी निर्देशन पठाएको छ। मन्त्रालयले सुरक्षा... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
कार्टुन सोमबार, असोज १२, २०८३
क्लोपको नेतृत्वमा जर्मनीले पहिलो हार सोमबार, असोज १२, २०८३
भोटेकोशी बाढीमा फेला परेका शवको संख्या १ हजार ४ सय ५३ मा रोकियो सोमबार, असोज १२, २०८३
पोर्चुगलमा रोनाल्डो बेन्चमा सोमबार, असोज १२, २०८३
विपद् प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनःस्थापनालाई तीव्रता दिन सरकारलाई रास्वपाको आग्रह सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्