मस्को- रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियारको पहिलो समूह बेलारुस पठाएको द हिलले जनाएको छ। सेन्ट पिटर्सबर्ग इन्टरनेसनल इकोनोमिक फोरमलाई सम्बोधन गर्दै पुटिनले बाँकी आणविक हतियार गर्मीको अन्त्यसम्ममा उपलब्ध गराउने बताएका छन्।
युक्रेनसँग सीमा जोडिएको देशमा रणनीतिक आणविक बम तैनाथ गर्ने योजनाको एक भागको रूपमा रुसले यो योजना अगाडि बढाएको बताइएको छ।
बेलारूसी राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोले "रूसबाट बम र मिसाइलहरू" को पहिलो भाग प्राप्त गरेको बताएका छन्। लुकाशेन्कोले रुसी र बेलारूसी राज्य मिडियालाई भनेका छन् , "हामीसँग क्षेप्यास्त्र र बमहरू छन् जुन हामीले रूसबाट प्राप्त गरेका छौं। बमहरू (हिरोसिमा र नागासाकीमा खसालिएका) भन्दा तीन गुणा बढी शक्तिशाली छन्," फक्स न्यूजले उल्लेख गरेको छ।
बेलारूसी राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोले रूसले बेलारुसलाई आणविक हतियारहरू वितरण गरेको बताएका छन्। हतियारको आगमन युक्रेनी सेनाले रुस विरुद्ध ठूलो मात्रामा काउन्टर-अफेरेसन सुरु गरेको एक हप्तापछि आएको हो।
-एएनआई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।