काठमाडौं- अनाधिकृत रुपमा मेडिकल सञ्चालन गरेको आरोपमा दुई जनालाई प्रहरीले कञ्चनपुरबाट पक्राउ गरेको छ। भीमदत्त नगरपालिकामा अनाधिकृत रुपमा मेडिकल सञ्चालन गरी औषधि बिक्री-वितरण तथा उपचार गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
भीमदत्त नगरपालिका-१३, बडैपुरमा मेडिकल सञ्चालन गर्ने ३५ वर्षीय शान्तिरजन बैरागिर र सोही नगरपालिका वडा नम्बर ९ मा रहेको ब्रहमदेवमा मेडिकल पसलका सञ्चालक ३९ वर्षीय गोकुल मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
विनाअनुमति मेडिकल पसल सञ्चालन गरी औषधि बिक्री-वितरण र बिरामीको उपचार समेत गर्ने गरेको गुनासो आएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ। दुवै जनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।