काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यमा पुन: समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्। मुटुमा समस्या देखिएपछि उनलाई महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो।
स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति पौडेललाई शनिबार बिहान २ बजे अस्पताल महाराजगन्ज पुर्याइएको थियो। अहिले राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य रहेको मनमोहन अस्पतालले जनाएको छ।
राष्ट्रपति पौडेल मुटुमा समस्या देखिएपछि गएको मंगलबार बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका थिए। उपचार गराएर डिस्चार्ज भएको केही दिनमै उनी अस्वस्थ भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।