तस्बिर : पूर्णप्रसाद श्रेष्ठको फेसबुक ।
काठमाडौं- ललितपुरको इमाडोल, बाहुनधारा चोकमा बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन्। लामाटारबाट लगनखेल आउँदै गरेको बा२ख ८५८३ नम्बरको बस शनिबार बिहान सवा पाँच बजे इमाडोलको बीच सडकमै पल्टिएको हो।
बसमा २४ जना यात्रु सवार थिए। दुर्घटनामा घाइते भएका १८ जनालाई १८ जनालाई उपचारका लागि बीएन्डबी अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बसका चालक पनि घाइते भएका छन्। उनको पनि सोही अस्पतालमा उपचार भइरहेको छ। तीव्र गतिका कारण दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।