काठमाडौं- स्याङजाको चापाकोट नगरपालिकाका पूर्वमेयर शिव गिरीको जिप दुर्घटनामा परी निधन भएको छ। बा१५च १७०९ नम्बरको जिप दुर्घटना हुँदा गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
चापाकोट-४, दार्सिङ निवासी ६० वर्षीय गिरीलाई जिल्ला अस्पताल स्याङ्जाले शुक्रबार राति पौने १२ बजे मृत घोषणा गरेको थियो।
राङखोलाबाट स्याङ्जातर्फ जाँदै गरेको जिप शुक्रबार राति ११ बजे पुतलीबजार-१० राङखोलास्थित सिद्धार्थ राजमार्गमा दुर्घटना भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।