काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पूर्व जानकारी नदिई फेन्सिङ तार काटेको विषयमा यस प्राधिकरणले काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहसहित तीन जनालाई स्पष्टीकरण सोधेको छ।
यस विषयमा चित्त बुझ्दो जवाफ नआएमा कानुनी कारबाही अगाडि बढाइने प्राधिकरणले जनाएको छ।
महानगरको वडा नम्बर ९ सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा बिहीबार महानगर प्रहरी सहितको टोलीले फेन्सिङ तार काटिदिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।