काठमाडौं- स्वतन्त्र कानुन व्यवसायीले नेपाल बार एसोसिएसनको सदस्यता माग गरेका छन्। शुक्रबार स्वतन्त्र कानुन व्यवसायीहरुले नेपाल बारलाई ध्यानाकर्षण गराउँदै सदस्यता पाउनुपर्ने माग राखेका हुन्।
ध्यानाकर्षण पत्रमा नेपालको संविधानले कानुन र न्यायका मान्य सिद्धान्त बमोजिम अदालतबाट न्याय सम्पादन हुने कुरालाई स्पष्ट गरी स्वतन्त्र, सक्षम र निष्पक्ष न्यायलयको कल्पना गरेको उल्लेख गर्दै ३४ जना स्वतनत्र कानुन व्यवसायीहरुले माग गरेका छन्।
त्यसैगरी पेसागत संगठनको रुपमा रहेको नेपाल बार एसोसिएसनबाट सिफारिस हुने कानुन व्यवसायीहरु न्याय परिषदमा रहने गरी न्याय परिषद्को गठन हुने भनी नेपालको संविधानले नै नेपाल बार एसोसिएसनको स्थानलाई स्पष्ट गरेको उल्लेख गर्दै त्यहाँभित्र स्वतन्त्र र सक्षम बारको आवाज बुलन्द गर्न भन्दै सदस्यता पाउनुपर्ने माग गरेका छन्।
कानुन व्यवसायीको प्रमाणपत्र प्राप्त गरिसकेपश्चात् लाग्ने दस्तुर र आवश्यक कागजात सहित आफ्नो अनुकुलको कुनै पनि बारमा सदस्यताका लागि निवेदन गर्दा तुरुन्त सदस्यता प्रदान गर्न माग पनि उनीहरुले गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।