काठमाडौं– माल्दिभ्समा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसीपमा नेपालले पाकिस्तानलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।
मालेमा बिहीबार भएको खेलमा नेपालले पाकिस्तानलाई ६६–६२ ले पराजित गर्यो। यस जितसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना जीवित रहेको छ। यसअघि भएको पहिलो खेलमा नेपाल भुटानसँग पराजित भएको थियो।
नेपालले आगामी असार २ गते बंगलादेशसँग तेस्रो खेल खेल्नेछ। प्रतियोगितामा नेपालसहित माल्दिभ्स, बंगलादेश, भुटान र पाकिस्तानको सहभागिता रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।