काठमाडौं– अहिले तराईका जिल्लामा अत्यधिक गर्मी भइरहेको छ। केही क्षेत्रमा विस्तारै वर्षा हुन थालेपछि तापक्रम घटेपनि मध्य तथा पश्चिम तराईमा भने अझै केही दिन अत्यधिक गर्मी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
तराईका जिल्लामा अत्यधिक गर्मीसँगै लू चल्ने गर्छ। तातो हावा ‘लू’का कारण विभिन्न स्वास्थ्य समस्याहरु देखिन्छन्। वयस्क मानिसमा समेत स्वास्थ्य समस्या सिर्जना हुने ‘लू’को असरबाट बालबालिकालाई जोगाउन विशेष सावधानी अपनाउनु पर्छ।
२ वर्षभन्दा कम उमेरका बालबालिकलाई ‘लू’को असरबाट जोगाउन निम्न उपायहरु अपनाउन सकिन्छ:
– स्तनपान गराइरहेका बालबालिकाका लागि नियमित स्तनपान गराइरहने
– ठोस खानेकुराका अलावा झोलकुरा प्रशस्त खुवाउने,
– घरमै बनाएको स्वस्थकर खानेकुरा खुवाउने,
– पसिना सोस्ने खालका सुतीका नरम कपडा खुकुलो हुने गरि लगाइदिने,
– घाममा नराख्ने वा घाम लागेको बेला बाहिर ननिस्कने नहिँड्ने शीतलमा बस्ने,
– मौसमी तथा ताजा फलफूल राम्ररी धोइ पखाली गरि खुवाउने
बच्चालाई ज्वरो आएमा पानी प्रशस्त खुवाउने। कुनै असामान्य लक्षण जस्तै रिंगटा लागे जस्तो, अलसतलस भएमा, वान्ता गरेमा, सास फेर्न गाह्रो भएजस्तो देखिएमा वा बच्चा बेहोस भएमा तत्कालै नजिकैको स्वास्थ्य संस्था लगिहाल्नुपर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।