काठमाडौं– बारा जिल्लाको विश्रामपुर गाउँपालिका १ खेखरिया नाकाबाट स्रोत नखुलेको १५ लाख नेपाली रुपैयाँसहित मंगलबार सशस्त्र प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।
बीआर ०५ वाई २६२४ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका भारतस्थित पूर्वी चम्पारणका राम निवास प्रसाद यादवलाई बीओपी बरैनियाले नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका यादवलाई बरामद रुपैयाँ र मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय कलैया बारामा बुझाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।