पेरिस– फ्रान्सको ब्रिट्नीको सेन्ट-हर्बोटमा ११ वर्षीया बेलाइती बालिकाको आइतबार गोली हानी हत्या भएको छ। सीएनएनले स्थानीय मेयरको कार्यालयलाई उद्धृत गर्दै जनाएअनुसार बगैंचामा देखिएको विवादका क्रममा उनीमाथि छिमेकीले गोली चलाएका थिए। आक्रमणमा उनका आमाबुवा गम्भीर घाइते भएका छन्।
उनकी ८ वर्षीया बहिनी भने भागेकी थिइन्। उनको परिवार बगैचामा बसेको बेला ७१ वर्षीय डच छिमेकी बन्दुक लिएर आक्रमण गर्न आएको बताइएको छ।
घटनामा ११ वर्षीया बालिका मृत अवस्थामा फेला परेको र आमा बाबुलाई गम्भी चोट लागेको छ। घटनाको १ घण्टापछि आक्रमणकारीले आत्मसमर्पण गरेका प्रहरीले जनाएको छ।
प्लोनेभेज-डु-फाउ रेजिन गुइलोटको टाउन हलका कर्मचारीका अनुसार बगैंचाको सिमानामा रहेका रूखहरू काट्ने विषयमा असहमतिका कारण गोली हानाहान भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।