रूपन्देही– प्यूठानको स्वर्गद्वारी दर्शन गरेर फर्केको जीप दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको छ।
लु १ च ६३४५ नम्बर को ८ जना सवार गाडी दाङको लमहीबाट स्वर्गद्वारी दर्शन गरी फर्किँदै गर्दा करिब ३:३० बजे स्वर्गद्वारी नगरपालिका–४ को उपल्लो भिङ्रीमा अनियन्त्रित भइ दुर्घटना भएको हो।
स्थानीयका अनुसार घटनामा ८ जना सबै एकै ठाउँका रहेका छन्। मृत्यु हुनेमा चार बालबालिका, दुई महिला र दुई पुरूष छन्।
दुर्घटनालगत्तै घाइतेहरुलाई अस्पताल पुर्याइएको थियो। अस्पतालमा चिकित्सकले सबैलाई मृत घोषणा गरेको प्यूठानका डिएसपी सुबास खड्काले बताए। मृतकहरुको सनाखत भने भएको छैन। सबै दाङको लमहीका रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।