काठमाडौं– सुदूरपश्चिमको बाजुरा केन्द्रविन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार बिहान ७ बजेर ३८ मिनेटमा भूकम्प गएको हो।
बाजुराको बिछ्या क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो। यसअघि गत वैशाखमा १ हप्ताभित्रै २ पटक बिछ्या क्षेत्र केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो।
पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिने गरिन्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।