काठमाडौं- पर्सामा स्वचालित सहितका हतियारका १०२ राउण्ड गोली भेटिएको छ। वीरगञ्ज महानगरपालिका–१० मा नाली सफा गर्ने क्रममा ती गोलीहरु भेटिएका हुन्।
जेसीबीको सहयोगमा नाली सफा गर्ने क्रममा प्लाष्टिकको पोकाभित्र गोलीहरु भेटिएको पर्सा प्रहरीले जानकारी दिएको छ। फोहर सफा गर्ने क्रममा शंकास्पद अवस्थामा प्लाष्टिकको झोला भेटिएको भन्ने जानकारी आएपछि प्रहरी चौकी आदर्शनगर घटनास्थलमा पुगेको थियो। सो क्रममा विभिन्न हतियारमा लाग्ने गोलीहरु भेटिएका हुन्।
हर्नेटको गोली १७ राउण्ड, एसएलआरको गोली ४ राउण्ड, ९ एमएमको गोली ३२ राउण्ड, ३८ बोरको २४ राउण्ड, ४५ एमएमको ४ राउण्ड, फेडरलको ८ राउण्ड, विनचेस्टरको ५ राउण्ड, ७.६५*५४ एमएमको ३ राउण्ड, ७ एमएमको १ राउण्ड र बिग्रेको खोका ४ राउण्ड गरी १०२ राउण्ड गोली भेटिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।