मुम्बई– केही वर्षयता बलिउडमा अदालती ड्रामा फिल्मको संख्या बढिरहेको छ। यस सूचीमा अमिताभ बच्चनको ‘पिंक’ देखि सूर्याको ‘जय भीम’ सम्म छन्।
पछिल्लो समय मनोज बाजपेयी अभिनित फिल्म ‘सिर्फ एक बन्दा काफी है’ले ओटीटीमा निकै राम्रो चर्चा पायो। अपूर्व सिंह कार्कीको निर्देशन रहेको फिल्म एक किशोरीमाथि बलात्कार गर्ने धार्मिक गुरुविरुद्ध एक वकिलले लडेको कानुनी लडाइँको विषयमा केन्द्रित छ।
यस्तै अन्य फिल्म छन्। जसले कोर्ट रुमलाई सशक्त ढंगले प्रस्तुत गर्छन्।
मुल्कः यो फिल्मको कथा मुस्लिम परिवारमा आधारित छ, जसको युवा सदस्य आतंकवादको बाटोमा हिँड्छन्। फिल्म ‘मुल्क’मा ऋषि कपूर, तापसी पन्नु र आशुतोष राणा जस्ता स्टारहरूले उत्कृष्ट काम गरेका थिए।
पिंक: सन् २०१६ मा रिलिज भएको फिल्म पिंकको निकै चर्चा भएको थियो। यसमा अमिताभ बच्चनले वरिष्ठ वकिल दीपक सहगलको भूमिका निभाएका छन्।
जोली एलएलबी: धनी घरको केटाले मादक पदार्थ सेवन गरी सडकको छेउमा सुतिरहेका केही मानिसमाथि कारले हानेर उनीहरूको घटनास्थलमै ज्यान जान्छ। जसमा एक जना मात्र बाँचेका छन्। यसपछि अर्शद वारसीले अदालतको अगाडि ज्यान गुमाएका मानिसहरूलाई न्याय दिलाउँछन्।
जय भीमः सन् २०२१ मा रिलिज भएको यो फिल्ममा सूर्यले मुख्य भूमिका निभाएका थिए। उनले अदालतमा एक गरिबलाई न्याय दिन्छन्, जसलाई चोरीको झूटो आरोप लगाइएको छ। यो फिल्म ठूलो हिट साबित भयो।
सेक्शन ३७५: यस फिल्ममा अक्षय खन्ना र ऋचा चड्डाले मुख्य भूमिका खेलेका थिए। सन् २०१९ मा रिलिज भएको यो चलचित्रमा एक जुनियर पोशाक सहायकले फिल्म निर्देशकमाथि बलात्कारको आरोप लगाएको देखाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।