• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, चैत २३, २०८२ Mon, Apr 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

प्याजको मूल्य दोब्बरले बढ्यो, भन्सार बढ्ने भएपछि होलसेल व्यापारीले ल्याउन छाडे

64x64
कल्पना घिमिरे सोमबार, जेठ २९, २०८०  ०९:५६
1140x725
प्रतिकात्मक तस्बिर

काठमाडौं– बिहीबार प्रतिनिधि सभामा आर्थिक वर्ष २०८०/८१को बजेटमाथि छलफल गर्ने क्रममा नेकपा एमालेका सांसद रघुजी पन्तले ‘उहिले–उहिले प्याज काट्दा आँशु आउँथ्यो। अब केही दिनपछि प्याज किन्दै आँशु आउँछ,’ भन्दै  बजेटले ल्याएको निराशाप्रति व्यंग्य गरे।

‘बजेट आएपछि त उत्साह आउनुपर्ने हो नि! प्रत्येक दिन, प्रत्येक मान्छेले, उद्योगपतिले के भन्छन्, व्यापारीले के भन्छन्, अर्थशास्त्रीले के भन्छन् भनेर पढिरहेको छु। सबैजना भन्छन् यो बजेटले निराशा ल्यायो,’ उनले भने, ‘हुँदा–हुँदा तोरीको तेल, आलु र प्याजको भाउ पनि बढ्यो। उहिले–उहिले प्याज काट्दा आँशु आउँथ्यो। अब केही दिनपछि प्याज किन्दै आँशु आउँछ।’

नभन्दै अहिले थोक तथा खुद्रा बजारमा प्याजको मूल्य दोब्बर भइसकेको छ। बजेट भाषणअघि खुद्रा बजारमा प्रतिकेजी ४० रुपैयाँ पर्ने प्याज ८० देखि एक सय रुपैयाँसम्म पर्न थालेको छ। प्याजको भन्सार शुल्क बढ्ने भएपछि बजारमा प्याजको मूल्य वृद्धि भएको र प्याज पाउनै मुस्किल परेको खुद्रा व्यापारीहरू बताउँछन्।

कलंकीका खुद्रा व्यापारी उदयराज श्रेष्ठ कालीमाटी होलसेल बजारमै प्याज मह‌ंगीएर आएको बताउँछन्। ‘कालिमाटीमै हामीलाई ६०–७० रुपैयाँ पर्छ। यहाँ हामीले बढाएको होइन। हामी फाइदाका लागि व्यापार गरेको थोरै नाफा त कमाउन परिहाल्यो नि! मैले १० रुपैयाँ फाइदा लिएको छु। धेरै होइन। अब केही दिनमा सटेज हुन्छ। एक सय तिर्छु भन्दा पनि नपाउन सक्छ,’ श्रेष्ठले भने।

यस्तै कलंकीकै खुद्रा व्यापारी गोमा खनाल आफूले कालीमाटीमा प्याज किन्नै नपाएको बताउँछिन्। प्याजको भन्सार बढाउने हल्लाले व्यापारीले प्याज लुकाएको उनको गुनासो छ। 

nimb
nimb
Ncell 2
Ncell 2

‘महंगो मूल्य तिरेर ल्याउन पनि कालीमाटीमा प्याजै छैन। पहिले होलसेलमा ३५ रुपैयाँ पर्ने प्याज सरकारको बजेट भाषणपछि मूल्य बढाएर ५०–६० हुँदै ७० सम्म पुर्‍याएका छन्। अब त्यति तिर्छुभन्दा पनि प्याज पाउन छाड्यो,’ खनालले भनिन्।

अर्का व्यापारी कासी घिमिरेको पनि भनाइ उस्तै छ। सरकारले बजेट भाषण गरेपछि प्याजको मूल्य होलसेलमै बढेको बताउँछन् उनी। होलसेलमा मूल्य बढेपछि आफूले पनि मूल्य बढाउन बाध्य भएको उनले बताए।

‘अस्तितिर ७० रुपैयाँ केजी पाउँथ्यो। अब त होलसेलमै एक सय रुपैयाँमा किन्छु भन्दा पनि पाइँदैन। प्याज सटेज भइसक्यो। कालीमाटीमा प्याज छैन। मसँग एक बोरा प्याज छ त्यो सकिएपछि प्याज आउँदैन,’ उनले भने।

व्यापारीले ल्याउन छाडे
कालीमाटी होलसेल बजारका व्यापारीहरुले भन्सार बढ्ने डरले प्याज ल्याउन छाडेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठ बताउँछन्। साथै उनले बजारमा प्याजको कारोबार नभएपछि बजारको मूल्यसूचीबाटै प्याज हटाएको जानकारी दिए।

‘अहिले कालीमाटी होलसेल बजारमा प्याजको कारोबार नै छैन। सरकारले बजेट भाषणमा भन्सार शुल्क बढाउने भनेपछि व्यापारीले ल्याउनै छाडेका छन्। २१ गतेदेखि नै हामी अनुगमनमा जाँदा कालीमाटी होलसेल बजारभित्र प्याजको कारोबार भएको देखेका छैनौं,’ उनले भने।

बजेट भाषण हुनुअघि दैनिक ८० देखि एक सय मेट्रिक टनसम्म प्याज भारतबाट आउने गरेको तर अहिले दैनिक एक मेट्रिक टन प्याज मात्रै बजारमा आउन थालेको उनले जानकारी दिए।

‘यहाँ बिक्री हुने तरकारी, फलफूल, प्याज जति पनि छ। त्यो हामीले ल्याउने होइन। यहाँका व्यापारीले आफैं ल्याउने हो। यो एक मेट्रिक टन प्याज आएको पनि व्यापारीले आफ्ना ग्राहकलाई मात्रै दिएको हुनसक्छ। व्यापारीको आफ्नै ग्राहक हुन्छन्। महंगो मूल्य भए पनि तिर्छु मलाई ल्याइदे भने पछि त व्यापारीले ल्याउनै पर्‍यो। तर बजारमा अहिले प्याजको कारोबार छैन,’ उनले भने, ‘बजार बाहिर के छ त्यो मलाई थाहा भएन। बजारभित्रका व्यापारीले प्याज ल्याएका छैनन्। एक सय मेट्रिक टन आउनेमा एक मेट्रिक टन आउनु भनेको एक प्रतिशत मात्रै आउँछ भन्दा पनि हुन्छ।’

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  ०९:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३०,... मंगलबार, चैत १७, २०८२
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६५,... शनिबार, चैत ७, २०८२
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६५,... बुधबार, चैत ४, २०८२
ताजा समाचारसबै
नेकपा केन्द्रीय कार्य संयोजन समितिकाे बैठक जारी सोमबार, चैत २३, २०८२
कम्बोडियाका स्क्यामिङ सेन्टरबाट ७ नेपालीको उद्धार सोमबार, चैत २३, २०८२
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? सोमबार, चैत २३, २०८२
बागमती प्रदेश सभा चैत २४ गते बस्ने सोमबार, चैत २३, २०८२
संसदीय दलको नेता छान्न कांग्रेस संसदीय दलको बैठक बस्दै सोमबार, चैत २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकारी कार्यालयमा साताको दुई दिन बिदा दिने निर्णय, कार्यालय समय ९ देखि ५ सम्म आइतबार, चैत २२, २०८२
राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेकी लिला भण्डारीको नाम सर्वसम्मत आइतबार, चैत २२, २०८२
हाजिरी जमानीमा छुटे शंकरलाल अग्रवाल आइतबार, चैत २२, २०८२
रेखा शर्मालाई हिरासतमुक्त गर्न काठमाडौं जिल्ला अदालतको आदेश आइतबार, चैत २२, २०८२
प्रधानमन्त्रीद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान आइतबार, चैत २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
केही सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान बुधबार, चैत १८, २०८२
एमालेले सच्यायो बादलको विवादास्पद अभिव्यक्ति शुक्रबार, चैत २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्