प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत (तस्बिर: बस्नेतको फेसबूकबाट)
काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतलाई स्पष्टीकरण सोधेको छ। एक महिला पत्रकारले उजुरी दिएपछि मन्त्रालयले बस्नेतलाई स्पष्टीकरण सोधेको हो।
मन्त्रालयले बस्नेतलाई आइतबारसम्म आफ्नो स्पष्टीकरण पेस गर्न समय दिएको छ।
महिला पत्रकारले बस्नेतले राति म्यासेन्जरमा आफूलाई कल गर्दै अनावश्यक तनाव दिएको भन्दै मन्त्रालयमा उजुरी दिएकी थिइन्। उक्त उजुरीपछि मन्त्रालयले अध्यक्ष बस्नेतलाई स्पष्टीकरण सोधेको हो।
बस्नेतमाथि प्रहरीको साइबर ब्यूरोले पनि अनुसन्धान सुरु गरेको छ। पीडित महिला पत्रकारले उजुरी दिएपछि ब्यूरोले अनुसन्धान अगाडि बढाएको हो। ‘उहाँ (बस्नेत)विरुद्ध उजुरी आएको छ। अहिले हामीले अनुसन्धान गरिरहेका छौं,’ साइबर ब्यूरोका एक अधिकारीले भने।
अध्यक्ष बस्नेतले भने आफूले कुनै महिला पत्रकारलाई तनाव नदिएको र आफ्नो फेसबूक (म्यासेन्जर) ह्याक गरेर कसैले कल गरेको दाबी गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।