काठमाडौं– दक्षिण पूर्वी फ्रान्सको सहर एनेसीमा एक आक्रमणकारीले अन्धाधुन्ध चक्कु प्रहार गर्दा कयौं मानिस घाइते भएका छन्।
एएफपीका अनुसार एक व्यक्तिको चक्कु प्रहारबाट ६ जना बच्चाहरु गम्भीर घाइते भएका छन्। फ्रान्सका गृहमन्त्री जेराल्ड डर्मनिनले उक्त घटनामा शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको बताए।
उक्त घटना स्थानीय समय अनुसार ९:४५ मा भएको थियो। एएफपीका अनुसार आक्रमणमा परी घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। एएफपीले एनेसी सहरको एक पार्कमा चक्कुले शंकास्पद व्यक्तिले तीन वर्षको बच्चामाथि शुरुमा आक्रमण गरेका थिए।
आक्रमणकारी एक सिरियाली शरणार्थी रहेको सार्वजनिक सञ्चार माध्यमले जनाएका छन्। उनलाई पक्राउ गरी घटनाको बारेमा सोधपुछ चलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।