• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, जेठ ८, २०८३ Fri, May 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नयाँ शक्तिदेखि नेसपासम्म: यी हुन् बाबुराम भट्टराईले आफ्नो यात्रामा देखेका ६ कमजोरी [पूर्णपाठ]

64x64
नेपाल लाइभ बिहीबार, जेठ २५, २०८०  १३:४०
1140x725

काठमाडौं– नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले आफ्नो पार्टी पहिचान र अस्तित्वको संकटको गम्भीर मोडमा उभिएको बताएका छन्। बिहीबार भक्तपुरमा बसेको केन्द्रीय समिति बैठकमा छलफलका निम्ति राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै उनले प्रश्न गरेका छन्- ‘हामी कहाँ जान हिँडेका थियौँ, कहाँ पुग्यौँ? हामी वैकल्पिक राजनीतिक शक्ति हौँ कि परम्परागत पुरानै पार्टीका लाचार छाया हौँ?’

संविधानसभाबाट लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछि संविधानका अपूर्णतालाई पूर्णता दिन र देशलाई समावेशी लोकतन्त्र, संघीयता, सुशासन र समृद्धिसहित समुन्नत समाजवादको दिशामा अघि बढाउन नयाँ वैकल्पिक शक्ति निर्माणको अभियान सुरु गर्नु सही भएको उनको ठहर छ। ‘अहिले देशमा पुराना राजनीतिक शक्तिहरूको विरोधमा व्यापक जनमत बन्दै जानु र नयाँ–नयाँ शक्तिहरूको उदय हुँदै जानुले त्यसको यथेष्ट पुष्टि गर्दछ,’ उनले भनेका छन्।

पार्टीको छवि किन धमिलियो र किन कमजोर भयो त? कहाँ–कहाँ गल्ती र कमजोरी भयो त? भट्टराईले तीनलाई बुँदागत रुपमा प्रस्तुत गरेका छन्।

(१) हतारमा पार्टी घोषणा गर्नु
दोस्रो संविधान सभाकालमा नै २०७० फागुन २५ गतेको ‘नेपाल साप्ताहिक’मा बाबुराम भट्टराईको लामो आलेख ‘खाँचो नयाँ शक्तिको’ छापिएपछि राष्ट्रियस्तरमा वैकल्पिक राजनीतिक शक्तिको औचित्य र आवश्यकताबारे बहस चलेको थियो। भलै त्यसभन्दा अघि पनि स्थानीय स्तरमा बहस र केही प्रयोग नभएका हैनन्। २०७२ सालमा संविधान जारी भएपछि नयाँ शक्ति निर्माणबारे बहस र पहल नयाँ उचाइबाट भयो।

विभिन्न पार्टी परित्याग गरेका र राज्य र समाजका विभिन्न क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरिसकेका व्यक्तिहरूको संलग्नतामा २०७२ माघमा ‘नयाँ शक्ति निर्माण अभियान’ शुरु भयो। त्यसले स्वाधीनता, समावेशी/समानुपातिक/सहभागितामूलक लोकतन्त्र, सुशासन/सदाचार, समतामूलक समृद्धि र समुन्नत समाजवादका ५‘स’लाई मूल वैचारिक–राजनीतिक आधार बनाएर देशव्यापी अभियान चलाउने र तलैदेखि जनताको सहभागितामा ‘नयाँ शक्ति’को संगठनात्मक आधार तयार गर्ने काम शुरु गर्‍यो।

त्यसैक्रममा २०७३ जेठ ३०–३१ गते काठमाडौंको दशरथ रंगशालामा देशभरिका करिब एक लाख सदस्य र समर्थकको उपस्थितिमा पार्टी स्थापनाको घोषणा गर्‍यो। त्यसपछि त्यो नयाँ शक्ति अभियान र पार्टीको आकर्षण देखेर विभिन्न प्रवृत्ति र पात्रहरू बेरोकटोक त्यस अभियानमा प्रवेश गरे। अभियानका नेतृत्वकर्ताहरू स्वयंमा निजी आकांक्षाहरु पलाउन थाले र नयाँ शक्ति अभियानले बाटो बिराउन थाल्यो।

अहिले फर्केर हेर्दा र निष्कर्ष मूल्यांकन गर्दा त्यसरी हतारमा पार्टी घोषणा गर्नु नै पहिलो गल्ती थियो। केही समय विभिन्न राष्ट्रिय र जनसरोकारका विषयमा सशक्त अभियान चलाएर त्यसबाट निर्मित र दीक्षित जनाधार, व्यक्ति र शक्तिहरूबाट वैकल्पिक पार्टी निर्माण गर्नुपर्दथ्यो। त्यसरी मात्र नयाँ वैकल्पिक शक्तिको बलियो जग निर्माण हुन्थ्यो।

(२) अरूसँग तालमेल गरेर चुनावमा जानु
२०७४ को फरक–फरक चरणमा भएका तीनै तहका चुनावमा आफ्नै चुनाव चिह्न र स्वतन्त्र अस्तित्वसहित सहभागी हुनुपर्नेमा अन्यथा गर्नु अर्को ठूलो गल्ती भयो। स्थानीय चुनावमा तत्कालीन सत्तामा रहेकाहरूले नयाँ पार्टीहरूलाई चुनाव चिह्न नै नदिएर घेराबन्दी गरेका थिए। तैपनि भर्खर उदाउँदै गरेको नयाँ पार्टीले अरूको चुनाव चिह्न लिएर लड्नुभन्दा स्वतन्त्र चिह्न लिनु वा चुनावै नलड्नु उपयुक्त हुन्थ्यो। संघ र प्रदेशको चुनावका क्रममा पहिले एमाले र माओवादी केन्द्रसँग गठबन्धन गर्नु र पछि त्यसलाई छाडेर कांग्रेससँग तालमेल गरेर चुनावमा भाग लिनु निकै प्रत्युत्पादक भयो। कांग्रेस, एमाले र माओवादीजस्ता पुरानो संस्थापनको मूलधारसँग जोडिएर वैकल्पिक शक्ति निर्माण गर्न खोज्नु आफैंमा अन्तरविरोधी कुरा थियो। त्यसनिम्ति पार्टीको मूल नेतृत्व मुख्य रूपमा आत्म–आलोचक बन्नैपर्छ।

nimb
nimb
Ncell 2
Ncell 2

(३) हतारिएर पार्टी एकता गर्नु
२०७४ को आमनिर्वाचनको मिश्रित अनुभवपछि नयाँ वैकल्पिक शक्ति निर्माण अभियानलाई पुनः नयाँ शिराबाट अघि बढाउने महत्वपूर्ण पहलहरू भए। तीमध्ये वैचारिक रूपमा २०७४ फागुनमा बुद्ध जन्मस्थल लुम्बिनीबाट जारी गरिएको ‘लुम्बिनी–संकल्प २०७४’ र व्यावहारिक रूपमा २०७५ माघ १५ देखि फागुन १५ सम्म गरिएको पूर्वको चिवाभञ्ज्याङदेखि पश्चिमको झुलाघाटसम्मको ‘मध्यपहाडी यात्रा’ विशेष महत्त्वका थिए। परन्तु त्यसपछि समग्र वैचारिक–राजनीतिक, संगठनात्मक र रणनीतिक लक्ष्यका विषयमा पर्याप्त छलफल र सहमतिबिनै २०७६ वैशाख २३ गते ‘संघीय समाजवादी फोरम’सँग एकता गरेर ‘समाजवादी पार्टी’ र त्यसको झन्डै एक वर्षपछि २०७७ वैशाख १० गते ‘राष्ट्रिय जनता पार्टी’सँग एकता गरेर ‘जनता समाजवादी पार्टी’ निर्माण गरियो।

सैद्धान्तिक रूपमा ती दुवै एकता सही थिए। खास गरी इतिहासदेखि शासकवर्गले निर्माण गरेको पहाड र मधेसबीचको दूरी मेटाएर राष्ट्रिय एकता कायम गर्न र बढ्दो भूराजनीतिक तनावबीच देशको खण्डताको रक्षा गर्न ती पहल महत्वपूर्ण थिए। तर, त्यो एकता कायम गर्न नसक्नुको कारण र त्यसबाट वैकल्पिक शक्ति निर्माण अभियानमा सिकेको पाठ यहाँ उल्लेख गर्नैपर्छ।

पहिलो, वैचारिक–राजनीतिक कारण नै हो। हाम्रो समग्र पाँच ‘स’का आधारमा राष्ट्रिय शक्ति निर्माण गर्ने सोच र त्यहाँका केही प्रमुख नेताहरूको बिल्कुल क्षेत्रीयतावादी र जातिवादी संकीर्ण सोचबीचको अन्तरविरोध हो। दोस्रो, उनीहरूको जसरी पनि सरकारमा गएर राज्यस्रोतको दोहन गर्ने प्रवृत्ति र हाम्रोचाहिँ सरकारलाई आवश्यकताअनुसार आफ्नो घोषित एजेन्डा प्राप्ति निम्ति उपयोग गर्ने तर सुशासन/सदाचारलगायत हाम्रा प्रतिबद्धतामा दृढ रहने अडानबीचको अन्तरविरोध हो। तेस्रो, संगठनलाई चुस्तदुरुस्त राख्ने र सामूहिक ढाँचामा चलाउने हाम्रो सोच र भद्रगोल संगठनलाई व्यक्तिवादी मनमौजी ढंगले चलाउने उनीहरूको सोचको बीचको अन्तरविरोध हो।

यी कुराहरूका अतिरिक्त यसबाट सिक्नुपर्ने महत्वपूर्ण पाठ भनेको वैकल्पिक राजनीतिको निम्ति विचार र नेतृत्वको अन्तरघुलन र सामूहिक नेतृत्वको व्यावहारिक अभ्यास हो। विचार एकातिर र नेतृत्व अर्कोतिर भयो भने अपेक्षित परिणाम आउँदैन रहेछ भन्ने हामीले राम्ररी बुझ्नैपर्छ। साथै स्थापित पुँजीवादी र साम्यवादी धारको विकल्पमा स्पष्ट नयाँ प्रगतिशील, लोकतान्त्रिक, समाजवादी विकल्प बिना जनविश्वास प्राप्त गर्न सकिन्न भन्ने पनि बुझ्नैपर्छ।

(४) जनआन्दोलन र जनपरिचालनप्रति उदासीनता
वर्ग, जाति, क्षेत्र, लिंग, समुदायबीच विभेद र असमानता भएको समाजमा राजनीति भनेको अन्ततः उत्पीडक र उत्पीडितबीचको सत्तासंघर्ष हो। त्यसैले वैकल्पिक राजनीति गर्नेहरूले पनि आफ्नो पक्षधरता किटान गरेर सत्य र न्यायको पक्षमा निर्मम संघर्ष गर्ने साहस गर्नुपर्छ। तर, बितेका वर्षहरूमा हामीले संघ, प्रदेश र स्थानीय तहमा राष्ट्रिय र जनसरोकारका मुद्दामा व्यापक आन्दोलन र जनपरिचालन गर्ने कुरामा उचित ध्यान दिन सकेनौँ। बेरोजगारी, भ्रष्टाचार, दलित, महिलामाथिका हिंसा, शिक्षा र स्वास्थ्य क्षेत्रको आमूल रूपान्तरण, किसान र मजदुरका समस्या, वैदेशिक रोजगारीका समस्या, राष्ट्रपतीय प्रणाली र पहिचानसहितको संघीयतानिम्ति संविधान संशोधन आदि विषयमा व्यापक जनअभियान र संघर्ष सञ्चालन गर्न सकेनौँ। खाली चुनावदेखि चुनावसम्मको राजनीति मात्र गर्ने हो भने अर्को वैकल्पिक शक्ति किन चाहियो? भन्ने जनसमुदायका प्रश्नलाई हामीले सम्बोधन गर्नैपर्छ।

(५) मूल नेतृत्वको उदारता र आदर्शवाद
राजनीति संघर्षको विज्ञान हो भनेर सिद्धान्तमा बुझ्दाबुझ्दै स्वभावजन्य कारणले मूल नेतृत्वले समय–समयमा अनावश्यक उदारता र आदर्शवादको प्रदर्शन गर्नु र पार्टीका साथीहरूलाई उत्प्रेरित र संरक्षण गर्न नसक्नु पनि संगठन निर्माणको क्षेत्रमा उल्लेखनीय समस्या हो। साथै, राजनीति भनेको सत्ताको निम्ति संघर्ष हो भनेर बुझ्दाबुझ्दै बेलाबखत सत्ताप्रति अनाशक्ति देखाउनु, गठबन्धनमा सत्ता र शक्तिको बाँडफाँटमा उदासीन बन्नु, गठबन्धनका नेताहरूद्वारा पटकपटक झुक्याइँदा र ठगिँदा पनि सहनशील बन्नु जस्ता कमजोरीलाई सच्याउनैपर्छ। आफूले नसके सक्ने साथीहरूलाई अघि सारेर जायज संघर्ष गर्नैपर्दछ।

(६) वस्तुगत प्रतिकूलता
उपरोक्त आत्मगत पक्षका अतिरिक्त वैकल्पिक राजनीतिका निम्ति हाम्रोजस्तो पिछडिएको र जटिल भूराजनीतिले जेलिएको देशमा कायम रहेको वस्तुगत प्रतिकूलता पनि हो। एकातिर पार्टीलाई परिवर्तनशील लक्ष्यप्राप्तिको साधनसट्टा अपरिवर्तनशील धर्म वा गोत्र जस्तो ठान्ने आम चेतनास्तर र अर्कोतिर विभिन्न शक्तिकेन्द्रहरूको दृश्य–अदृश्य हस्तक्षेपकारी चलखेलको बीचमा प्रगतिशील, लोकतान्त्रिक, समाजवादी धारको वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्नु चुनौतीपूर्ण काम हो। परन्तु सक्षम र सफल नेतृत्व भनेकै वस्तुगत र आत्मगत परिस्थितिको ठीक मूल्यांकन गरेर प्रतिकूलतालाई अनुकूलतामा बदल्ने कार्य हो भनेर हामी हिम्मत साथ अघि बढ्नैपर्छ।

२०७९ असार २८–२९ गतेको राष्ट्रिय भेलापछि जसपासँग सम्बन्धविच्छेद गरेर ‘नेपाल समाजवादी पार्टी’का रूपमा पुनः नयाँ शिराबाट संगठित भएर हामी अग्रगामी वैकल्पिक शक्ति निर्माणको अभियानमा लामबद्ध भएका छौँ। त्यही क्रममा हामीले विचार मिल्ने नजिकका शक्तिहरूसँग बृहत् प्रगतिशील, लोकतान्त्रिक समाजवादी ध्रुवीकरणको पहल गर्ने निर्णय पनि गरेका छौँ। २०७९ मंसिरमा सम्पन्न संघ र प्रदेशको आमनिर्वाचन हामी माओवादी केन्द्रसँग तालमेल गरेर उसैको निर्वाचन चिह्न लिएर लड्यौँ। यसले पार्टीपंक्तिमा केही अन्योल र आशंका पनि जन्माएको छ। फेरि उही पुरानै गल्ती दोहोरिन्छ कि भन्ने भय पनि छ। तर, हामी गल्ती दोहोर्‍याउने छैनौँ। खासगरी पछिल्लो चरणमा देशमा पुराना शक्तिहरूप्रति बढ्दै गएको व्यापक आक्रोश र नयाँ शक्तिहरूको तीव्र गतिमा उदय भइरहेको सन्दर्भमा हामीले विगतका सकारात्मक र नकारात्मक अनुभवहरूबाट पाठ सिकेर देशमा प्रस्ट विचार, नीति, कार्यक्रमसहितको लेफ्ट–अफ–सेन्टर (मध्यवाम) नयाँ समाजवादी विकल्प निर्माण गर्ने अभियानमा दृढतापूर्वक लाग्नैपर्छ।

प्रस्तावको पूर्णपाठः

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १३:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
शीर्षस्थानमा रहेको अमेरिकामाथि नेपालको सहज जित
रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर कास्की अदालतले फिर्ता गर्‍यो
परराष्ट्र मन्त्रालयले भन्यो– नेपाली चियाको भारत निर्यात सहज बन्यो
सम्बन्धित सामग्री
संविधान संशोधनका विषयमा राय सुझाव उपलब्ध गराउन प्रधानमन्त्री कार्यालयकाे सूचना प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक सूचना जारी गर्दै संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न सर्वसाधारणसँग राय तथा सुझा... शुक्रबार, जेठ ८, २०८३
जति नै शक्तिशाली र लोकप्रिय भए पनि प्रधानमन्त्री नियममा बाँधिनुपर्छ : गगन थापा कोशी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै सभापति थापाले सङ्ख्यामा जति नै शक्तिशाली र लोकप्रिय भएपनि संविधान, कानुन ऐन र नियममा बाँधिनु... शुक्रबार, जेठ ८, २०८३
स्वास्थ्य बीमा प्रणाली पुनर्संरचना गर्ने तयारी, आगामी बजेटबाट नयाँ मोडालिटी ल्याइने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कार्यक्रमलाई अहिलेको स्वरूपमा दीर्घकालीन रूपमा सञ्चालन गर्न कठिन भइरहेको उल्लेख गर्दै यसको संरचनाग... शुक्रबार, जेठ ८, २०८३
ताजा समाचारसबै
शीर्षस्थानमा रहेको अमेरिकामाथि नेपालको सहज जित शुक्रबार, जेठ ८, २०८३
रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर कास्की अदालतले फिर्ता गर्‍यो शुक्रबार, जेठ ८, २०८३
परराष्ट्र मन्त्रालयले भन्यो– नेपाली चियाको भारत निर्यात सहज बन्यो शुक्रबार, जेठ ८, २०८३
उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान निर्वाचित शुक्रबार, जेठ ८, २०८३
सेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार करिब ४ अर्ब माथि शुक्रबार, जेठ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
आज यी ६ प्रदेशमा वर्षाको सम्भावना शुक्रबार, जेठ ८, २०८३
विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्‌न पुगे सभामुख अर्याल बिहीबार, जेठ ७, २०८३
ईशान र दीपेन्द्रको दमदार ब्याटिङ, अमेरिकासामु ३१८ रनको विशाल लक्ष्य शुक्रबार, जेठ ८, २०८३
प्रतिनिधिसभा बैठक १२ जेठसम्मको लागि स्थगित बिहीबार, जेठ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति पाण्डेलाई छाड्न आदेश शुक्रबार, जेठ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्