काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासङ्घमा दुई पदका लागि भएको निर्वाचनको मतगणना सम्पन्न भएको छ । शुक्रबार वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयनका लागि निर्वाचन भएको थियो ।
महासङ्घको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित भएका निर्वाचन समितिले जानकारी दिएको छ ।
निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालको समेत सद्भाव लिएर वरिष्ठ उपाध्यक्षको प्रतिस्पर्धामा रहेका रामचन्द्र संघाई पराजित भएका छन् भने कोषाध्यक्षमा अम्विका पौडल पराजित भएका छन् ।
वैद्य ५६ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी रामचन्द्र संघईले ३० मत पाए । त्यस्तै, कोषाध्यक्षमा निर्वाचित भएका प्रधानले ६१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी पौडेलले २५ मत पाए ।
वैद्य र प्रधान, अध्यक्ष अञ्जन श्रेष्ठको प्यानलबाट चुनावी प्रतिस्पर्धामा रहेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।