• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

किन बनाइँदैछ विद्युत् बेचेर पाइप लाइन?

64x64
कल्पना घिमिरे बिहीबार, जेठ २५, २०८०  २०:४३
1140x725

काठमाडौं- सरकारले आर्थिक वर्ष २०८०/०८१ को नीति–कार्यक्रम तथा बजेटमा विद्युतीय सवारीलाई प्राथमिकता दिने र इन्धनबाट चल्ने सवारी कम गर्ने विषय समावेश गरेको छ। यसर्थ नेपालले पेट्रोलियम पदार्थ खपत कम गर्दै जानुपर्ने हो।

तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने भारत भ्रमणको बेलामा आफ्नो देशको विद्युत भारतलाई बेचेर भारतको इन्धन सहज तरिकाले नेपाल भित्र्याउने सम्झौता गरेर फर्किएका छन्। 

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण क्रममा भारतले नेपाललाई बाराको अमलेखगन्जसम्म आइपुगेको पाइप लाइन चितवन लोथरसम्म, भारतको सिलगुडीदेखि झापाको चारआलीसम्म नयाँ पाइप लाइन विस्तार गरिदिने र नेपालबाट १० वर्ष भित्रमा १० हजार मेगावाट बिजुली लैजाने सम्झौता गरेको छ। 

जुन अमलेखगन्जदेखि लोथरसम्मको पाइप लाइन र भारतको सिलगुडीदेखि झापाको चारआलीसम्म नयाँ पाइप लाइन विस्तार गर्न लाग्ने लागतको खर्च समेत भारतले बेहोर्ने सम्झौता गरेको छ। सो सम्झौताले नेपाललाई भन्दा भारतलाई बढी फाइदा हुने देखिन्छ।

तर, नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुर भने तत्कालको अवस्थामा पेट्रोलियम पदार्थ अति आवश्यक भएकाले पाइपलाइन बनाउन उचित रहेको बताउँछन्। 

‘नेपालमा साना मेसिनदेखि ठूला कलकारखानसम्म पेट्रोलियम पदार्थबाट चल्छन्। सरकारले पेट्रोलियम पदार्थ कम गर्न सानातिना कारहरुलाई विद्युतीय भनेर मात्र पुग्दैन। सरकारको यो नीति कार्यक्रमले पेट्रोलियम पदार्थ उपभोग कर्ता घट्दैनन्। बरू बढ्न सक्छन्। त्यस कारण पाइप लाइन विस्तार गर्नु अहिलेको सन्दर्भमा प्रमुख काम हो,’ उनले भने।

साथै, पाइप लाइन बनाइसकेपछि ढुवानीमा सरकारलाई पर्ने आर्थिक भार कम हुने र वातावरण प्रदूषण हुनबाट जोगिने उनको भनाइ छ।

पाइप लाइन बन्नुअघि ट्यांकरहरू सीमापारि पुगेर पेट्रोलियम पदार्थ ल्याउनु पर्दा ढुवानी खर्च निकै लाग्ने प्रवक्ता ठाकुरले बताए। ढुवानीका लागि सडक अनुमति (रोड–पर्मिट) लिनुपर्ने लगायत विभिन्न प्रशासनिक काम पूरा गर्नुपर्ने बताए। सबै प्रक्रिया पूरा गरेर पनि पेट्रोलियम पदार्थ ल्याउन १०/१५ दिनसम्म लाग्ने हुँदा अहिले समय र आर्थिक खर्च बचत भएको बताए।

Ncell 2
Ncell 2

पाइप लाइनबाट डिजेल ल्याउन थालेपछि ढुवानी र चुहावटका कारण खर्च हुँदै आएको मासिक १५ करोड रूपैयाँ (वार्षिक २ अर्ब रूपैयाँ) बचत भएको प्रवक्ता ठाकुरले बताए।

‘इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको हो। पहिले भारतको बरुणेदेखि काठमाडौंसम्म ट्यांकरबाट ल्याउँदा हामीलाई प्रतिलिटर साढे ६ रुपैयाँ लाग्ने गरेको र अहिले अमलेखगञ्जबाट डिजेल ढुवानी गर्दा प्रतिलिटर साढे ३ रुपैयाँ भाडा लाग्छ,’ उनले भने।

पाइप लाइनबाट पेट्रोल ल्याउँदा करिब ५० प्रतिशत सस्तो पर्न जाने उनले बताए। यस्तै सिलगुढीदेखि झापासम्म पाइपलाइन र टर्मिनल बनिसकेपछि पेट्रोलियम पदार्थ ढुवानी गर्न विकल्प हुने उनको भनाइ छ। 

‘चार वर्षदेखि मोतियारी-अमलेखगञ्ज पाइप लाइन चलिराखेको छ। कहिलेकाहीँ पाइपमा समस्या आउँदा मेनटेनेन्स गर्नुपर्‍यो भने सप्लाई नै अबरुद्ध हुन्छ। 

त्यस कारण यसको विकल्पको रुपमा सिलगुडी झापा पाइप लाइनले काम गर्छ। एकातिर अबरुद्ध हुँदा अर्कातिरबाट पेट्रोलियम पदार्थ ल्याउन सक्छौँ,’ उनले भने।

कति लाग्छ लागत
नेपाल आयल निगमका अनुसार सिलगुडीदेखि चारआलीसम्म, पचास किलोमिटर दुरीमा पाइपलाइन बिछ्याइनेछ। चारआलीमा इन्धन भण्डारणका लागि ग्रीन फिल्ड टर्मिनल बनाइने भएको छ। साथै पाइप लाइनका लागि ४ अर्ब ३२ करोड रूपैयाँ र टर्मिनलका लागि ७ अर्ब ५३ करोड रूपैयाँ लागत खर्च लाग्ने प्रारम्भिक अनुमान छ। यी दुवैको र अमलेखगन्जदेखि चितवनको लोथरसम्म पाइपलाइन विस्तारका लागि  लाग्ने ४ अर्ब ११ करोड रुपैयाँ भारतले बेहोर्नेछ।

यस्तै लोथरमा इन्धन भण्डारणका लागि बनाइने टर्मिनलको लागत ९ अर्ब २७ करोड रूपैयाँ अनुमान छ। यसको लागत खर्च नेपालले नै गर्नुपर्नेछ।

यसअघि २०६१ सालमा भारतीय आयल निगम (आईओसी) र नेपाल आयल निगमबीच क्रस-बोर्डर पाइप लाइन बनाउने सम्झौता भएको थियो। लगभग १३ वर्षपछि मात्रै यसको सुरूआत भयो। २०७४ चैतमा शिलान्यास भएको ६९.२ किलोमिटर लामो पाइप लाइन तोकिएको अवधिभन्दा करिब १५ महिनाअघि नै बनेको थियो।

मोतिहारी-अमलेखगन्ज पाइप लाइन बनाउन भारतले करिब ३ अर्ब रूपैयाँभन्दा बढी सहयोग गरेको थियो। यसको टर्मिनल (भण्डारण) भने नेपालले आफ्नै लगानीमा बनाएको थियो।

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  २०:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
एकैदिन सुनको मूल्य १० हजार ४०० रुपैयाँ बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २ लाख ९५ हजार १०० रुपैयाँ पुगेको छ। बुधबार, माघ ७, २०८२
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर अष्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९८ रुपैयाँ १९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ०९ पैसा र बिक्र... बुधबार, माघ ७, २०८२
सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १८५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ८ सय १० रुपैयाँमा कारोबार भइरहेको महासं... सोमबार, माघ ५, २०८२
ताजा समाचारसबै
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग बुधबार, माघ ७, २०८२
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो बुधबार, माघ ७, २०८२
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने बुधबार, माघ ७, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्