• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

किन बनाइँदैछ विद्युत् बेचेर पाइप लाइन?

64x64
कल्पना घिमिरे बिहीबार, जेठ २५, २०८०  २०:४३
1140x725

काठमाडौं- सरकारले आर्थिक वर्ष २०८०/०८१ को नीति–कार्यक्रम तथा बजेटमा विद्युतीय सवारीलाई प्राथमिकता दिने र इन्धनबाट चल्ने सवारी कम गर्ने विषय समावेश गरेको छ। यसर्थ नेपालले पेट्रोलियम पदार्थ खपत कम गर्दै जानुपर्ने हो।

तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने भारत भ्रमणको बेलामा आफ्नो देशको विद्युत भारतलाई बेचेर भारतको इन्धन सहज तरिकाले नेपाल भित्र्याउने सम्झौता गरेर फर्किएका छन्। 

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण क्रममा भारतले नेपाललाई बाराको अमलेखगन्जसम्म आइपुगेको पाइप लाइन चितवन लोथरसम्म, भारतको सिलगुडीदेखि झापाको चारआलीसम्म नयाँ पाइप लाइन विस्तार गरिदिने र नेपालबाट १० वर्ष भित्रमा १० हजार मेगावाट बिजुली लैजाने सम्झौता गरेको छ। 

जुन अमलेखगन्जदेखि लोथरसम्मको पाइप लाइन र भारतको सिलगुडीदेखि झापाको चारआलीसम्म नयाँ पाइप लाइन विस्तार गर्न लाग्ने लागतको खर्च समेत भारतले बेहोर्ने सम्झौता गरेको छ। सो सम्झौताले नेपाललाई भन्दा भारतलाई बढी फाइदा हुने देखिन्छ।

तर, नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुर भने तत्कालको अवस्थामा पेट्रोलियम पदार्थ अति आवश्यक भएकाले पाइपलाइन बनाउन उचित रहेको बताउँछन्। 

‘नेपालमा साना मेसिनदेखि ठूला कलकारखानसम्म पेट्रोलियम पदार्थबाट चल्छन्। सरकारले पेट्रोलियम पदार्थ कम गर्न सानातिना कारहरुलाई विद्युतीय भनेर मात्र पुग्दैन। सरकारको यो नीति कार्यक्रमले पेट्रोलियम पदार्थ उपभोग कर्ता घट्दैनन्। बरू बढ्न सक्छन्। त्यस कारण पाइप लाइन विस्तार गर्नु अहिलेको सन्दर्भमा प्रमुख काम हो,’ उनले भने।

साथै, पाइप लाइन बनाइसकेपछि ढुवानीमा सरकारलाई पर्ने आर्थिक भार कम हुने र वातावरण प्रदूषण हुनबाट जोगिने उनको भनाइ छ।

पाइप लाइन बन्नुअघि ट्यांकरहरू सीमापारि पुगेर पेट्रोलियम पदार्थ ल्याउनु पर्दा ढुवानी खर्च निकै लाग्ने प्रवक्ता ठाकुरले बताए। ढुवानीका लागि सडक अनुमति (रोड–पर्मिट) लिनुपर्ने लगायत विभिन्न प्रशासनिक काम पूरा गर्नुपर्ने बताए। सबै प्रक्रिया पूरा गरेर पनि पेट्रोलियम पदार्थ ल्याउन १०/१५ दिनसम्म लाग्ने हुँदा अहिले समय र आर्थिक खर्च बचत भएको बताए।

Ncell 2
Ncell 2
nimb
nimb

पाइप लाइनबाट डिजेल ल्याउन थालेपछि ढुवानी र चुहावटका कारण खर्च हुँदै आएको मासिक १५ करोड रूपैयाँ (वार्षिक २ अर्ब रूपैयाँ) बचत भएको प्रवक्ता ठाकुरले बताए।

‘इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको हो। पहिले भारतको बरुणेदेखि काठमाडौंसम्म ट्यांकरबाट ल्याउँदा हामीलाई प्रतिलिटर साढे ६ रुपैयाँ लाग्ने गरेको र अहिले अमलेखगञ्जबाट डिजेल ढुवानी गर्दा प्रतिलिटर साढे ३ रुपैयाँ भाडा लाग्छ,’ उनले भने।

पाइप लाइनबाट पेट्रोल ल्याउँदा करिब ५० प्रतिशत सस्तो पर्न जाने उनले बताए। यस्तै सिलगुढीदेखि झापासम्म पाइपलाइन र टर्मिनल बनिसकेपछि पेट्रोलियम पदार्थ ढुवानी गर्न विकल्प हुने उनको भनाइ छ। 

‘चार वर्षदेखि मोतियारी-अमलेखगञ्ज पाइप लाइन चलिराखेको छ। कहिलेकाहीँ पाइपमा समस्या आउँदा मेनटेनेन्स गर्नुपर्‍यो भने सप्लाई नै अबरुद्ध हुन्छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यस कारण यसको विकल्पको रुपमा सिलगुडी झापा पाइप लाइनले काम गर्छ। एकातिर अबरुद्ध हुँदा अर्कातिरबाट पेट्रोलियम पदार्थ ल्याउन सक्छौँ,’ उनले भने।

कति लाग्छ लागत
नेपाल आयल निगमका अनुसार सिलगुडीदेखि चारआलीसम्म, पचास किलोमिटर दुरीमा पाइपलाइन बिछ्याइनेछ। चारआलीमा इन्धन भण्डारणका लागि ग्रीन फिल्ड टर्मिनल बनाइने भएको छ। साथै पाइप लाइनका लागि ४ अर्ब ३२ करोड रूपैयाँ र टर्मिनलका लागि ७ अर्ब ५३ करोड रूपैयाँ लागत खर्च लाग्ने प्रारम्भिक अनुमान छ। यी दुवैको र अमलेखगन्जदेखि चितवनको लोथरसम्म पाइपलाइन विस्तारका लागि  लाग्ने ४ अर्ब ११ करोड रुपैयाँ भारतले बेहोर्नेछ।

यस्तै लोथरमा इन्धन भण्डारणका लागि बनाइने टर्मिनलको लागत ९ अर्ब २७ करोड रूपैयाँ अनुमान छ। यसको लागत खर्च नेपालले नै गर्नुपर्नेछ।

यसअघि २०६१ सालमा भारतीय आयल निगम (आईओसी) र नेपाल आयल निगमबीच क्रस-बोर्डर पाइप लाइन बनाउने सम्झौता भएको थियो। लगभग १३ वर्षपछि मात्रै यसको सुरूआत भयो। २०७४ चैतमा शिलान्यास भएको ६९.२ किलोमिटर लामो पाइप लाइन तोकिएको अवधिभन्दा करिब १५ महिनाअघि नै बनेको थियो।

मोतिहारी-अमलेखगन्ज पाइप लाइन बनाउन भारतले करिब ३ अर्ब रूपैयाँभन्दा बढी सहयोग गरेको थियो। यसको टर्मिनल (भण्डारण) भने नेपालले आफ्नै लगानीमा बनाएको थियो।

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  २०:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा नुवाकोटस्थित एसएस फेन्सी हाउसबाट सामान खरिद गरेपछि बिल लिएकी तामाङको कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथाबाट छनोट भएको हो। आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने असोज १६ गतेदेखि मसान्तसम्मको अवधिका लागि सञ्चालन गरिएको यस चरणमा कुल १७ जना विजेता छनोट गरिने आयोजकले जनाएको छ। आइतबार, कात्तिक १, २०८३
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार शनिबार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६४ पैस... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्