मे २३ मा आसाराम केससँग जोडिएको फिल्म 'एक बन्द काफी है' ओटीटी च्यानल जी फाइभमा रिलिज भएको थियो।
फिल्ममा अभिनेता मनोज बाजपेयीले यस मुद्दासँग सम्बन्धित वकिल पीसी सोलंकीको भूमिका निभाएका छन्। फिल्मलाई लिएर धेरै विवादहरु पनि आएका छन्। यस विषयमा पीसी सोलंकी आफैं अदालत पुगेका छन्।
पेशाले वकिल रहेका पीसी सोलंकी राजस्थानको जोधपुर सहरको उम्मेद चोक नजिकैको साँघुरो गल्लीमा बस्छन्।
उनी ८२ वर्षीया आमा र १५ वर्षीय छोरासँग बस्छन्।
सामान्य कद र सरल स्वभावका पीसी सोलंकीले आफ्नो पढाइप्रतिको लगाव बताउँछन्।
आफ्नो प्रारम्भिक शिक्षाको बारेमा सोलंकी भन्छन्, ‘मैले जोधपुरबाटै स्कुलिङ गरें। त्यसपछि मैले बीकॉम, एलएलबी, एलएलएम, सुरक्षा विश्लेषण र पोर्टफोलियो निर्णयमा पीजी डिप्लोमा, अर्को डिप्लोमामा गोल्ड मेडलिस्ट गरें। कानूनका लेखहरू र एउटा किताब छ।’
केस जितेपछि पीडित बालिकाको बाबु सोलंकीको घर आएका थिए। उनदे सोलंकीको आमासँग आशिर्वाद लिँदै भने, ‘ आज तपाईंको छोराको कारण हामी यहाँ ज्यूँदो छौँ।’
सोलंकीले विना शुल्क नै मुद्दा लडेका थिए।
थप सामग्री हिन्दी बीबीसीमा हेर्न यहाँ क्लिक गर्नुहोस्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।