• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, जेठ ८, २०८३ Fri, May 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमालेको ‘उपग्रह’को भूमिकामा रास्वपा?

64x64
नेपाल लाइभ मंगलबार, जेठ २३, २०८०  २१:०७
1140x725

काठमाडौं–  गत वैशाखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय लियो। माघमै सरकारबाट बाहिरिएको भए पनि उसले वैशाखमा मात्रै समर्थन फिर्ता लिएको थियो। त्यतिबेला रास्वपाका सभापति रवि लामिछानेले उद्घोष गरेका थिए, ‘एउटा रचनात्मक प्रतिपक्ष कस्तो हुनुपर्छ भन्ने धेरैले हेर्न चाहेका छन्। हामी त्यो भूमिकामा देखिन्छौँ।'

तर रचनात्मक प्रतिपक्षीको भूमिकाको उद्घोष गरेको १ महिना नपुग्दै संसद्‌मा रास्वपाको नयाँपन देखिन छाडेको छ। १–२ जना सांसदको भूमिकालाई छाड्ने हो भने उसका सबैजसो सांसद अन्य पार्टीका सांसदभन्दा फरक देखिँदैनन्।

मंसिर ४ को निर्वाचनमा अप्रत्यासित नजिता निकालेर उदाएको एउटा नयाँ दलको प्रस्तुती पनि सोहीअनुसार हुने आममानिसको आकलन थियो। त्यो आकलनको कारण उनीहरुले नै प्रस्तुत गरेको प्रतिबद्धताबाट सिर्जित भएको थियो। सम्भवतः त्यही प्रतिबद्धताप्रति विश्वास कायम राखेरै हुनुपर्छ, वैशाखको उपनिर्वाचनमा चितवनमा लामिछानेको पुनर्विजय र तनहुँबाट अर्थशास्त्री समेत रहेका डा स्वर्णिम वाग्लेको विजय सम्भव भयो।

उपनिर्वाचनले रास्वपाप्रति आममानिसमा समेत आशाको निरन्तरतालाई नै पुष्टि गर्छ। तर संसद्‌ले लय लिँदै गर्दा रास्वपाले आममानिसको आशामा खरो उत्रन नसकेको प्रतीत हुन थालेको छ। यसका सांसदहरु पुराना दलहरुकै शैलीमा प्रस्तुत हुन थालेका छन्।

पछिल्ला दिनमा चर्चामा रहेका दुई विषयबाट रास्वपाको शैली केलाउन सकिन्छ- राष्ट्रपति रामचन्द्र पौडेलबाट गरिएको नागरिकता विधेयकको प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण।

यी दुई विषयमा रास्वपाले निर्वाह गरिरहेको भूमिकाले विगतमा उसले व्यक्त गरेको रचनात्मक प्रतिपक्षीको प्रतिबद्धतासँग तादम्यता खाएको देखिँदैन। संसद्‌मा रास्वपा अजेण्डागत रुपमा क्रमशः कमजोर हुँदै गइरहेको देखिन्छ। सोमबारको प्रतिनिधि सभा बैठकका क्रममा र मंगलबारको बैठकअघि उसको प्रस्तुतीले ऊ एमालेको ‘उपग्रह’ जस्तो प्रतीत हुन थालेको देखिन्छ।

सोमबार प्रतिनिधि सभा बैठक चलिरहँदा एमाले र रास्वपाका सांसदहरु छुट्याउन मुस्किल पर्थ्यो। किनकि, रास्वपाका सांसदहरु एमालेकै सांसदसँग लय मिलाएर उठ्ने बस्ने गरिरहेका थिए। एमालेका सांसदले हात उठाउँदा रास्वपाका सांसदहरु पनि उठाउँथे। एमालेका सांसदहरु बस्दा रास्वपाका सांसदहरु पनि बस्थे। रोचक त, एमालेका अध्यक्ष केपी शर्मा ओलीले भाषण गरिरहँदा रास्वपाका सांसदहरु बीचबीचमा टेबल ठटाइरहेका थिए। सम्भवतः ‘नो नट अगेन’को आह्वानप्रति सामूहिक पुनर्मूल्यांकन गरिरहेका थिए।

Parliament_Birodh_UML_RSP1686060110.jpg
तस्बिर: रासस

जबकि, सोमबार ओलीको प्रस्तुतीमा रचनात्मकता कम र उत्तेजना ज्यादा थियो। प्रधानमन्त्री छँदा आफू स्वयंले अनुशरण नगरेका विदेशीसँग कुराकानी गर्दा परराष्ट्रमन्त्री वा शिष्टाचार महापाल राख्ने कुरामा उनी लाजै नमानी प्रधानमन्त्री प्रचण्डलाई अर्ती दिँदै थिए। रास्वपाका सांसदहरु ओलीलाई अनुमोदन गर्दै थिए। ओलीको अभिव्यक्तिमा रोमाञ्चकता महसुस गर्दै थिए।

nimb
nimb
Ncell 2
Ncell 2

रास्वपाका सांसद शिशिर खनालले प्रधानमन्त्रीले ‘भैंसी चढेर आएको’ भन्ने जस्ता अभिव्यक्ति दिए। अंसदीय शब्द बोलेकोमा क्षमा मागेको भए उनकै महानता प्रस्तुत हुने थियो। रास्वपाको रचनात्मक प्रतिपक्षी भूमिका प्रस्तुत हुने थियो। सभामुखले रेकर्डबाट हटाउने निर्देशन दिइसक्दा समेत सभापति लामिछाने आफैं उठेर खनालको असंसदीय अभिव्यक्तिको औचित्य पुष्टि गर्ने प्रयास गरिरहेका थिए। संसदीय वैधानिकता स्थापित गर्ने प्रयत्न गर्दै थिए। ‘अर्कोले गाँजा खान हुने, हामीले चरेस खान नहुने?’ शैलीका तर्क गरेर पुराना दलका रंगहीन नेताको उत्तराधिकारी बन्ने प्रयत्न गर्दै थिए।

रास्वपाका सांसदहरुले संसद्‌मै राखेका विचार पनि रचनात्मक प्रतिपक्षी सुहाउँदो थिएन। प्रधानमन्त्रीको भारत भ्रमणको सन्दर्भमा उसको विरोध परम्परागत शैलीबाट माथि उठ्न सकेको थिएन। तथ्यहरुमा टेकेर ऊर्जा, कृषि वा पञ्चेश्वर आयोजना वा हवाई मार्ग आदिमा प्रश्न गर्नेभन्दा पनि राष्ट्रवाद, देशघात, जनताविरोधी जस्ता शब्दहरु छताछुल्ल थिए। दशकौँअघिका भाषामा आजको यथार्थको व्याख्या गर्न खोज्दै थिए।

जनताका खास मुद्दाहरुभन्दा परम्परावादी दलहरुलेझैं मोटा र अमूर्त अजेण्डाहरुलाई नै दलले लोकप्रिय बन्ने औजार बनाउँदै लगेको देखिन्छ। उदाहरणको लागि सर्वोच्च अदालतमा विचाराधीन नागरिकताको विषयमा समेत रास्वपा चर्को सुनिन चाहेको देखिन्थ्यो। सीमा विवादलाई कूटनीतिक तबरबाट हल गर्नेभन्दा राष्ट्रवादको मुद्दा चर्काउन खोजेको देखिन्थ्यो। त्यसैले त रास्वपाका सांसदहरु ‘ग्रेटर नेपाल’को नक्सा राख्ने कुरा गर्दै थिए।

मंगलबार पनि ‘बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता’को विषयलाई लिएर रास्वपाको स्वर एमालेसँग मिल्यो। संसद्‌ सुचारु गर्दै संसद्‌बाटै समाधान खोज्नेभन्दा एमालेकै लाइनमा संसद्‌ अवरुद्ध गर्ने मुडमा थियो, रास्वपा। एमालेको संसद्प्रतिको दृष्टिकोण २०५७ मा होस् वा २०७७ मा होस्, प्रष्ट देखिने गरेको छ। त्यसैको अनुकरण गर्ने प्रयासमा देखियो रास्वपा। उसको शैलीप्रति टिप्पणी गर्दै नेपाली कांग्रेसको एक नेताले मंगलबार नेपाल लाइभसँग भने, ‘यो दल त एमालेको उपग्रहजस्तो पो भयो।’

राजनीतिशास्त्री प्राध्यापक कृष्ण पोखरेल भने रास्वपालाई अहिले नै एमालेको उपग्रहको भूमिकामा देखिएको भनेर ठोकुवा गर्न सकिने अवस्था नभएको बताउँछन्। नेपालमा अहिले संसदीय राजनीति अति भाँडिएको र रास्वपामा पनि क्रमशः यसको प्रभाव पर्ने सम्भावना रहेको उनको विचार छ।

‘पहिलो त रास्वपा नयाँ प्रवेशी भयो। उनीहरुलाई संसदीय अभ्यास थिएन। अर्को यो दलका मुख्य नेता सत्तामा आउन चाहिरहेका थिए। त्यो सम्भव भएन। कसरी अगाडि बढ्दा बेग्लै छवि बनाउन सकिन्छ भन्ने कुरामा उनीहरुको (रास्वपा नेताहरुको) पर्याप्त गृहकार्य नपुगेको हो कि जस्तो देखिन्छ,’ पोखरेलले बताए।

पोखरेलका अनुसार रास्वपामा सरकारको विरोध गर्‍यो भने जनताको नजरमा स्थापित हुन सकिन्छ भन्ने मान्यता बलियो हुँदै गएजस्तो देखिन्छ। विरोध गर्दा पनि प्रमुख प्रतिपक्षी त एमाले भयो। ‘अहिले एमालेकै नेताहरुले बोलेका कुराहरुको पछिपछि उनीहरु लागेको जस्तो देखियो,’ पोखरेल भन्छन्।

त्यसो भए रास्वपा एमालेको उपग्रहजस्तो भूमिकामा देखापर्दै गएको हो? पोखरेलका अनुसार, अहिले नै त्यो निचोड निकाल्न मिल्दैन। तर यही ढंगको बाटोमा अगाडि बढ्यो भने एउटा बिन्दुमा त्यो अवस्था आउने आभाष मिल्ने उनी बताउँछन्।

एमाले र रास्वपा दुवै व्यग्रताका साथ सत्तामा जान खोजेका दलहरु भएको उनको विश्लेषण छ। थप्छन्, ‘तर दुवै दलहरु सत्तामा पुगेर पनि विमुख हुनुपर्ने अवस्था आयो। त्यसको तुष पनि हुनसक्छ।’

तर पोखरेल नयाँ दल भएको र संसदीय राजनीतिमा पनि नयाँ भएकोले रास्वपालाई शंकाको लाभ वा सुविधा भने दिनुपर्छ भन्ने मान्यता राख्छन्। काम गर्दै र सिक्दै जाने क्रममा रास्वपाले अलग पहिचान बनाउन सक्छ भन्ने विषयमा शंकाको लाभ दिनपर्छ। तर त्यसको पुष्टि सो दलको आगामी दिनका भूमिका र शैलीहरुले तय गर्दै जानेछ।

रास्वपाका नेताहरु भने एमालेको उपग्रह, छाया वा वृतको दल बनेको मान्न तयार छैनन्। रास्वपाकी सचेतक निशा डाँगीले सदनमा कुनै ‘प्लान’का साथ ‍एमालेसँगै नउभिएको बताइन्। ‘हिजोदेखि धेरैले यही टिप्पणी गरिरहनुभएको छ,’ नेपाल लाइभलाई प्रतिक्रिया दिँदै उनले भनिन्, ‘तर एमालेको पक्षमा वा विपक्षमा भन्ने कुरा आउँदैन। हामी आफ्नो धारणा राख्छौँ। आफ्नो नीति र मान्यतामा उभिन्छौँ। एमालेभन्दा फरक छौँ।’

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  २१:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
शीर्षस्थानमा रहेको अमेरिकामाथि नेपालको सहज जित
रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर कास्की अदालतले फिर्ता गर्‍यो
परराष्ट्र मन्त्रालयले भन्यो– नेपाली चियाको भारत निर्यात सहज बन्यो
सम्बन्धित सामग्री
संविधान संशोधनका विषयमा राय सुझाव उपलब्ध गराउन प्रधानमन्त्री कार्यालयकाे सूचना प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक सूचना जारी गर्दै संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न सर्वसाधारणसँग राय तथा सुझा... शुक्रबार, जेठ ८, २०८३
जति नै शक्तिशाली र लोकप्रिय भए पनि प्रधानमन्त्री नियममा बाँधिनुपर्छ : गगन थापा कोशी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै सभापति थापाले सङ्ख्यामा जति नै शक्तिशाली र लोकप्रिय भएपनि संविधान, कानुन ऐन र नियममा बाँधिनु... शुक्रबार, जेठ ८, २०८३
स्वास्थ्य बीमा प्रणाली पुनर्संरचना गर्ने तयारी, आगामी बजेटबाट नयाँ मोडालिटी ल्याइने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कार्यक्रमलाई अहिलेको स्वरूपमा दीर्घकालीन रूपमा सञ्चालन गर्न कठिन भइरहेको उल्लेख गर्दै यसको संरचनाग... शुक्रबार, जेठ ८, २०८३
ताजा समाचारसबै
शीर्षस्थानमा रहेको अमेरिकामाथि नेपालको सहज जित शुक्रबार, जेठ ८, २०८३
रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर कास्की अदालतले फिर्ता गर्‍यो शुक्रबार, जेठ ८, २०८३
परराष्ट्र मन्त्रालयले भन्यो– नेपाली चियाको भारत निर्यात सहज बन्यो शुक्रबार, जेठ ८, २०८३
उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान निर्वाचित शुक्रबार, जेठ ८, २०८३
सेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार करिब ४ अर्ब माथि शुक्रबार, जेठ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
आज यी ६ प्रदेशमा वर्षाको सम्भावना शुक्रबार, जेठ ८, २०८३
विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्‌न पुगे सभामुख अर्याल बिहीबार, जेठ ७, २०८३
ईशान र दीपेन्द्रको दमदार ब्याटिङ, अमेरिकासामु ३१८ रनको विशाल लक्ष्य शुक्रबार, जेठ ८, २०८३
प्रतिनिधिसभा बैठक १२ जेठसम्मको लागि स्थगित बिहीबार, जेठ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति पाण्डेलाई छाड्न आदेश शुक्रबार, जेठ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्