• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस २५, २०८२ Fri, Jan 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

कृषि सहकारीले दूध अनुदानको रकम हत्याउन नक्कली नाम पठाउँदा वास्तविक कृषक मर्कामा

64x64
समर्पण श्री आइतबार, जेठ २१, २०८०  १६:१५
1140x725

काभ्रे– धुलिखेलको एक सहकारीले दूध उत्पादनै नगर्ने किसानहरूको नक्कली सूची बनाएर अनुदानको लागि आवेदन पेस गरेपछि वास्तविक किसान मर्कामा परेका छन्।

धुलिखेल साना किसान कृषि सहकारी संस्था लिमिटेडले बडालगाउँ दुग्ध संकलन केन्द्रमा गाई भैंसी नै नपाल्ने कृषकहरूको नक्कली सूची बनाएर अनुदानका लागि आवेदन भरेको अनुगमनको क्रममा फेला परेको हो।

बागमती प्रदेश सरकारले सहकारीमार्फत् दूध बिक्री गर्ने किसानलाई प्रतिलिटर ५ रुपैयाँ अनुदान दिने निर्णय गरेको थियो। अनुदानका लागि पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले दुग्ध उत्पादक कृषि सहकारी संस्थाहरुबाट आवेदन संकलन गरेको थियो।

काभ्रेको संकलन केन्द्रहरूमा अनुगमन गर्ने क्रममा निर्देशनालयका अधिकृत रामहरी शर्माको टोलीले सहकारीले बनाएको फर्जी डकुमेन्टमाथि अनुसन्धान गरेका थिए।

अनुगमनका क्रममा सहकारीका अध्यक्ष हरिशचन्द्र घिमिरे र सचिव मिलन गौतमको मिलेमत्तोमा फर्जी डकुमेन्ट बनाइएको पाइएको हो। अधिकांश नक्कली दुग्ध कृषक घिमिरे र गौतमका नातेदार छन्।  

उक्त सहकारीको ११ वटा संकलन केन्द्रमध्येको बडालगाउँ दुग्ध संकलन केन्द्रले पठाएको सूचीमाथि अधिकृत शर्मालाई शंका लागेको थियो। ‘म डेढ महिनामा २ पटक अनुगमनमा गएँ। सूचीमा जुन जुन नाम थियो उनीहरूमध्ये कोही बसाइँ सरिसकेका, कोहीले बाख्रा पालन गरेका, कोहीचाहिँ वस्तु नै नपालेका भेटियो,’ उनले नेपाललाइभसँग भने, ‘उक्त केन्द्रबाट चार लाख रुपैयाँ देखाइए पनि वास्तविक किसानको १ लाख भन्दा बढी रकम पुग्दैन।’

रामहरिले सूचीमा भएका किसानको घरमा गएर अनुगमन गर्दा एक कृषकले आश्चर्य मान्दै भने, ‘हाम्रो घरमा गाईवस्तु नै छैन। कसरी सूचीमा नाम गएछ?’

सहकारीको बदमासीका कारण बाँकी १० वटा संकलन केन्द्रका दुग्ध किसानले अनुदान नपाउने भएका छन्। ‘यो वर्ष उक्त सहकारीबाट कुनै पनि संकलन केन्द्रले निर्देशनालयबाट अनुदान पाउँदैनन्। यो दु:खद् कुरा हो,’ शर्माले भने।

Ncell 2
Ncell 2

सहकारीका अध्यक्ष हरिशचन्द्र घिमिरेले गलत सूचीबारे हालैमात्र थाहा पाएको थाहा पाएको बताए। ‘मैले पनि आइसकेपछि मात्र थाहा पाएँ। फेक लिस्ट भन्ने कुरा थाहा थिएन। तर कर तिर्न किसानलाई मार नपरोस् भनेर  मिलाउन खोजिएको थियो। यस्तो भयो,’उनले भने।

वास्तविक किसानले नपाउने भए अनुदान

धुलिखेल नगरपालिकाका उपमेयर निराजन जंगमले सहकारीको गल्तीका कारण वास्तविक किसानलाई मार पर्नु नहुने बताए। ’यसबारे थप अनुसन्धान भइरहेको छ। एउटाले गल्ती गरेर बाँकी किसानले दु:ख पाउनुहुन्न। अनुसन्धान हुनुपर्यो । वास्तविक किसानले अनुदान पाउनुपर्छ। म यसबारे पहल गरिरहेको छु,’उनले भने। 

बागमतीको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दूधमा अनुदानका लागि यो वर्ष ३० करोड रुपैयाँ बजेट छुट्याएको थियो।

दूध उत्पादन गर्ने किसानहरू भने आफूरू मारमा परेको बताउँछन्। धुलिखेलमा नियमित दूध उत्पादन गर्दै आएका एक किसान सहकारीको बदमासीले आफूले पाउनुपर्ने अधिकारबाट वन्चित हुनुपरेको बताए।

‘हामी दु:ख गरेर दूध उत्पादनबाट दिनदिनै खटिरहेका छौँ। अनुदानबाट केही राहत मिल्थ्यो भन्ने आश थियो। सहकारीको बदमासीका कारण हामीले नपाउनु भनेको त्यो ठूलो अन्याय हो,’ ती किसानले भने।

यस्तो छ फेक लिस्ट

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १६:१५
  • #धुलिखेल साना किसान कृषि सहकारी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
हरियो धनियाँ र काँक्रोमा भेटियो अत्याधिक विषादी बिहीबार भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको हरियो धनियाँमा ५५.२९ प्रतिशत र नवलपरासीबाट ल्याइएको काँक्रोमा ४६.५ प्रतिशत... बिहीबार, मंसिर ४, २०८२
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य त्यसैगरी, मटरकोसा प्रतिकिलो १६०, घिउ सिमी (लोकल) प्रतिकिलो १५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १५०, घिउ सिमी (राजमा) प्रतिकिलो १००, ट... शनिबार, कात्तिक २९, २०८२
कृषिवस्तुहरु ओसारपसार तथा ढुवानीमा सहयोग गरिदिन कृषि विभागको आग्रह ढुवानीको क्रममा राजमार्गमा सिर्जित समस्याले कृषक/कृषि उद्यमी एंव कृषि व्यवसायीबाट गुनासो आएकाले ओसारपसारमा सहजीकरण गरिदिन विभागले आग... शुक्रबार, भदौ २७, २०८२
ताजा समाचारसबै
बलिउड अभिनेता सञ्जय दत्तले भेटे प्रचण्ड बिहीबार, पुस २४, २०८२
प्रचण्ड र लिङ्देनबिच भेटवार्ता बिहीबार, पुस २४, २०८२
२७ गतेको महाधिवेशनमा शेरबहादुरलाई गगनको निम्तो बिहीबार, पुस २४, २०८२
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेलाई फिर्ता लिन अनुरोध गर्ने कांग्रेसको निर्णय बिहीबार, पुस २४, २०८२
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल बिहीबार, पुस २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
कांग्रेस विवाद : विशेष महाधिवेशनको काउन्टरमा संस्थापन पक्षले युवा भेला गर्ने बिहीबार, पुस २४, २०८२
देउवालाई भेटेर शेखरले भने-  विशेष महाधिवेशन पक्षधरको कुरा सुन्नुस्, विभाजन रोक्नुस् बिहीबार, पुस २४, २०८२
नेकपाले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार (सूचीसहित) बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्