• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

सिप र मनको नेपाललाई जोड्न एनआरएन नागरिकता

नारायण गाउँले शनिबार, जेठ २०, २०८०  १३:३५
1140x725

एनआरएन नागरिकता दोस्रो दर्जाको भयो, बंशज नागरिकता समर्पण गर्न पर्ने भयो, राजनीतिक अधिकारबिनाको भयो, एनआरएन परिचयपत्र जस्तो मात्रै भयो, हामीले चाहेको नागरिकताको निरन्तरता हो, बंशज नागरिकता छोडेर एउटा नाममात्रको नागरिकता होइन भन्ने तर्क पनि सुनियो।

गैर-आवासीय नेपालीले पाउने नागरिकता छिमेकी भारत या चीनभन्दा एक कदम अगाडि बढ्दै दिन लागिएको हो। संविधानमैं यसको व्यवस्था भएकाले अहिले त्यसलाई कार्यान्वयन गर्न कानुन बनेको हो। 

नेपालले दोहोरो नागरिकता नीति स्वीकार गरेको छैन। २०७२ सालको गणतान्त्रिक संविधानले गैरआवासीय नागरिकताको प्रावधान राखेर नीतिमा लचकता अवलम्बन गरेको हो। यो लचकता छिमेकी देशहरू भन्दा पनि उदार छ। 

अब भारतलगायतका सार्क राष्ट्रबाहेकका अन्य देशको नागरिकता लिएका नेपालीले ती देशको नागरिकता साथमैं राखेर गैरआवासीय नेपाली नागरिकता लिन सक्नेछन्। जबकि नेपाली नागरिकसँग विवाह गरेर आउने बुहारी या जुवाइँले आफ्नो मूल नागरिकता नत्यागी नेपाली नागरिकता पाउँदैनन्। देशले बुहारीलाई भन्दा बढ़ी सुविधा देशबाहिर बस्ने नेपालीलाई दिएको छ। त्यसमा पनि अझै असन्तुष्टि? 

यो कानुनले बंशजको नागरिकता बुझाउनुपर्ने भयो, खोसिने भयो भन्ने कुतर्क नगर्नुहोला। त्यस्तो नागरिकता खोसेको यो कानुनले होइन। देशको मूल कानुन र संविधान अनुसार तपाईंले अर्को देशको नागरिकता लिनासाथ त्यो स्वत: खोसिएको हो। अहिले तपाईंसँग हुँदै नभएको बंशजको नागरिकता कसरी खोसिन्छ ? जुन नागरिकताको कागज हातमा छ, त्यो अवैध छ। त्यसको वैधानिकता तपाईं आफैंले खोसिसक्नुभएको छ। अहिलेको कानुनले त्यसलाई अलिकति राहत दिने काम गरेको छ। 

तपाईंलाई नेपाली नागरिकता चाहिएको किन हो? अहिलेको नागरिकताले आर्थिक, सामाजिक अधिकार दिएको छ। राजनैतिक अधिकार पनि चाहियो? एकै साथ बेलायत र नेपाल दुबैतिर गएर भोट हाल्ने र चुनाब लड्ने अधिकार चाहियो? एउटा देशको राजनीतिक हक त छँदै छ नि! 

अनि तपाईंलाई बंशजको नागरिकता नै चाहिन्छ भने यो कानुनले त्यसलाई रोक्छ र? विदेशी नागरिकता नलिनुहोस्, सकियो। लिनुभो भने पनि देश फर्किनुहोस्, त्यस्तो विदेशी नागरिकता त्यही देशलाई बुझाउनुहोस् र आफ्नो बंशजको नागरिकता कायम गर्नुहोस्। चुनाव लड्नुहोस्। गृहमन्त्री या प्रधानमन्त्री बन्नुहोस्। कसले खोसेको छ र त्यो? एकैसाथ दुवैतिर प्रधानमन्त्री बन्न त कठीन नै हुन्छ नि! नागरिकता पुनर्प्राप्तिका विषयमा हामी धेरै देशभन्दा उदार र लचिलो छौं। त्यागेको निस्सा बुझाउनासाथ कुनै छानबिन र पुलिस रिपोर्ट बिनै नेपाली नागरिकता दिन्छौं। भारतमा तपाईं जिल्ला, राज्य र केन्द्रको चक्करमा महिनौं बिताउनुहुन्छ। अझ हामी बंशज नै दिन्छौं। 

परिचयपत्र र नागरिकता एउटै विषय होइन। परिचयपत्र एउटा मन्त्रालयको परिपत्रले खोसिन, बदलिन सक्छ। त्यसले भिसा लगाउनु नपर्ला तर तपाईंलाई नेपाली नागरिक हुनुको गर्व र स्वाद दिन सक्दैन। नागरिकताले त्यो दिन्छ। तपाईं नेपालमा उद्यम, व्यवसाय वा भ्रमणमा हुँदा परिचयपत्रवाहक विदेशी नागरिक होइन, नेपाली नागरिकका रूपमा सम्मानसाथ बस्नुहुनेछ। नेपाली कानुन र नीतिगत सुविधाको हक़ तपाईंलाई हुनेछ। संसदबाहेक कुनै एउटा मन्त्री वा सचिवले तपाईंको हक़मा कैंची चलाउन सक्ने छैन। शब्दको मात्रै फरक हो भन्ने नठान्नुहोस्। फरक नै शब्दले पार्ने हो। आची खानुहोस् भनेर छिमेकीले चाँदीको थालीमा खिर दियो भने तपाईं खानुहुन्न। खिर नखाएको होइन, शब्द नखाएको हो। 

Ncell 2
Ncell 2
nimb
nimb

लाखौं नेपाली आज विदेशिएका छन्। तिनले विभिन्न क्षेत्रमा अन्तर्राष्ट्रिय सिप, ज्ञान, विज्ञता र अनुभव हासिल गरेका छन्। तिनको मनमा नेपाल छ। त्यो सिप र मनको नेपाललाई जोड्न एनआरएन नागरिकता आएको हो। आफ्नो जन्म या पैतृकभूमिसँग ऊ गाँसिइरहन सकोस् भनेर असल नियतले यो व्यवस्था गरिएको हो। 
सबै विदेशिनेले नेपालको चलअचल सम्पत्ति उतै लैजाने हो भने देशलाई ठूलो क्षति हुन्छ भन्ने बुझाइले तिनको सम्पत्तिसम्बन्धी हक सुरक्षित गर्ने विषय उठेको होला। तर, यो व्यवस्था आफैमा स्वागतयोग्य हो। यसले देश र तपाईं दुवैको जित भएको छ। 

हो, विश्वमा धेरै देशले दोहोरो नागरिकतालाई स्वीकार गरेका छन्। तर तिनको आफ्नै इतिहास, भूराजनीतिक अवस्थिति र बलियो राज्यसंयन्त्र हुन सक्छ। भोलि अवस्था र दृश्य फेरिँदै जाँदा र ग्लोबलाइजेसनले निल्दै जाँदा हामी पनि पुगौंला तर नेपाल अहिल्यै र आजै त्यहाँ पुग्न सक्दैन। 

‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने हाम्रो नारा हो। त्यसलाई यो कानुनले कत्ति कमजोर बनाउन्न। एक पटकको चोर सधैँको चोर, एक पटकको साधु सधैँको साधु नभए पनि एक पटकको नेपाली सधैँको नेपाली नै हो। ढुक्क हुनुहोस्। तर एकपटकको कागजको खोस्टो पनि सधैँको हुनुपर्ने माग अहिलेका लागि अलि बढ़ी हो। नेपाली बन्न मन भए विदेशी नबन्नुहोस्, या बनेको विदेशी पहिचान त्याग्नुहोस्। कति सजिलो छ। अझ अहिले त नत्यागी पनि नेपाली बन्न पाइने कानुन पास भएको छ। समस्या कहाँनिर छ?

संविधानले नै राजनीतिक अधिकाररहित भन्ने कल्पना गरेकाले र नेपालको दोहोरो नागरिकता नदिने नीति भएकाले संसदको दुई तिहाई बहुमतबिना यो व्यवस्था बदलिन्न। तपाईंको एउटा या दुई वटा झिल्के एनआरएन नेताले यो बदल्न सक्दैनन्। त्यसैले जे जति उपलब्धि हासिल भएको छ, त्यसलाई सम्मान, स्वीकार र प्रयोग गर्दै अघि बढ्नुहोस्। निरन्तरताको मुद्दा बोकिरहनुस्! के नबिर्सिनुहोस् भने अनेक बाध्यता नै सही, तर भएको नेपाली नागरिकताले नपुगेर विदेशी नागरिकता लिने निर्णय या च्वाइस तपाईंको निजी हो। नेपालले तपाईंको घाँटी निमोठेर लिन लगाएको होइन। तपाईंभन्दा गरिब र समस्यामा भएका नेपाली पनि नेपालमैं छन्!

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

(लेखक गाउँले लण्डनमा बसोबास गर्छन्।)
 

प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  १३:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि...
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ
सम्बन्धित सामग्री
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? म के कुरामा स्पष्ट छु भने सर्वोच्च अदालतमा सुनुवाइका लागि न्यायाधीश छनोट वा इजलास गठनको प्रक्रिया ‘मेकानिकल’ हुनुहुँदैन। शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्