काठमाडौं- चीनको होङझावमा हुने १९औँ एसियाली खेलकुदको तयारीलाई थप प्रभावकारी बनाउन सचिवालयको कार्यालय सञ्चालनमा ल्याइएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा स्थापना गरिएको सचिवालयको कार्यालय युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले शुक्रबार उद्घाटन गरे।
मन्त्री लिम्बुले सचिवालय स्थापनापछि तयारीले थप तिव्रता पाउने बताउँदै सम्बन्धित सबैले नेपालको सहभागिता उपलब्धिमुलक बनाउन जिम्मेवार भएर अगाडि बढ्नुपर्ने उल्लेख गरे।
त्यस्तै राखेपका सदस्यसचिव टंकलाल घिसिङले आगामी आर्थिक वर्षको बजेटमा पनि एसियाली खेलकुदको बजेट सम्बोधन हुनु सुखद पक्ष भएको बताए।
सदस्यसचिव घिसिङको संयोजकत्वमा १० सदस्यीय १९औँ एसियाली खेलकुद सचिवालय गठन भएको छ। राखेपका दुई सदस्य, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव एक, प्रशासन विभागका प्रमुख, खेलकुद विकास विभागका प्रमुख, राष्ट्रिय टिम तयारीका निर्देशक, आर्थिक प्रशासन शाखा प्रमुख र आपूर्ति तथा भण्डार शाखाका प्रमुख सदस् छन्। तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्माले सचिवको जिम्मेवारी पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।