तस्बिर सौजन्य : सोविता गौतमको सचिवालय ।
                                        
                                    
                                                             
                            
                            काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले विवाह गरेकी छिन्। उनले जेठ ७ गते विवाह गरेकी हुन्। 
संघीय सांसद सोविताले चितवनका व्यवसायी गृहेन्द्र घिमिरेसँग विवाह गरेको उनको सचिवालयले जनाएको छ। विवाहका तस्बिर भने दुवै पक्षले अहिलेसम्म सार्वजिनक गरेका छैनन्। 
सोविता काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन्। २८ वर्षीया सोविताले संसदमा आफ्नो उपस्थिति पनि प्रभावशाली रुपमा देखाउँदै आएकी छिन्। 
सोविता र गृहेन्द्र केही समयदेखि प्रेम सम्बन्धमा रहेका थिए। गृहेन्द्र हिमालयन बिल्डर्स र गिस्मा ब्रोडकास्टिङमा आबद्ध छन्। सोविता अहिले जापानमा छिन्।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।