काठमाडौं- भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मध्य प्रदेशको उज्जैनमा रहेको महाकालेश्वर मन्दिरमा पूजा गरेका छन्।
शुक्रबार दिउँसो मन्दिरमा पुगेका उनले पूजाआजा गरेका हुन्। पूजामा भ्रमण दलमा रहेका सरकारका अन्य मन्त्रीहरू पनि सहभागी थिए।
प्रधानमन्त्री प्रचण्डले पत्नीको स्वास्थ्य लाभको कामना गर्दै महाकालेश्वर मन्दिरमा १०० रुद्राक्ष र ५१ हजार रुपैयाँ दान गरेका छन्।
प्रधानमन्त्री नयाँदिल्लीबाट मध्य प्रदेश पुगेका थिए। इन्दोरमा प्रधानमन्त्री प्रचण्डलाई मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले स्वागत गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।