काठमाडौं– ‘नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मुख्य नारासहित ‘प्रथम ललितपुर जुत्ता चप्पल व्यापार मेला २०८०’ जेठ बुधबारदेखि सुरु भएको छ। बुधबारदेखि सुरु भएको मेला एक महिनासम्म चल्ने छ।
नेपालमा जुत्ता चप्पल उत्पादन गर्ने उद्योगी व्यवसायीहरूको समूहले स्वदेशमा उत्पादित जुत्ता चप्पलका स्वदेशी ब्रान्डहरूलाई प्रदर्शन गरेको । मेला असार १७ गते सम्म सञ्चालन हुने बताइएको छ।
बुधबार बिहान ९ बजेदेखि सुरु भएको हो। मेला हरेक दिन बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म खुला रहनेछ। मेलामा नेपालमा स्थापित चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र ब्रान्डहरु किरण शुज म्यानुफ्याक्चर्सको उत्पादन–गोल्डस्टार, रोयल शु इन्डष्ट्रिजको उत्पादन–रोयल शुज, वेस फुटवेयरको उत्पादन– बीएफ डियर हिल र बीएफ स्पोर्ट, लालिगुराँस फुटवेयरको–क्रस रोड शुज, शुभकामना फुटवेयरको–फस्टवाक शुज, नमस्ते फुटवेयरको–सिल, सुरभी पोलिमर्सको–हाई लाइफ, केटीएम शुजको–केटीएम, डीजे शुज कम्पनीको–डीजे शुज गरी नौवटा कम्पनी र ब्रान्डहरूको समावेश गरिएको छ।
मेलामा तीन हजारभन्दा बढी मोडल र डिजाइनका जुत्ताहरु उपलब्ध गराइएको छ। मेलाबाट जुत्ता खरिद गर्नेलाई न्यूनतम २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यवस्था मिलाइएको छ।
उक्त मेला अवधिभर तीन लाख अवलोकनकर्तालाई अवलोकन गराउने लक्ष्य व्यवस्थापनले राखेको छ। मेला अवधिभरमा पाँच करोड रूपैयाँको कारोबार गर्ने लक्ष्य राखिएको छ भने मेलामा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।