काठमाडौं- देशका केही स्थानको मौसममा बदली आएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावले केही भूभागमा हल्का पानी परिरहेको मौसमविद् समीर श्रेष्ठले बताए।
उनले भारतको उत्तराखण्डमा बनेको पश्चिमी वायु सुदूरपश्चिमका भूभागबाट नेपाल प्रवेश गर्न लागेको बताए।
आज दिउँसो पनि पहाडी भू-भागहरूमा मेघगर्जन चट्याङसहित हल्का वर्षा र तराईका केही स्थानहरूमा हावा-हुरीको समेत सम्भावना छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।