– शाकाहारी खानामा कोलेस्टेरोलको मात्रा अति कम हुन्छ। त्यसैले अत्याधिक कोलेस्टेरोल र स्याचुरेटेड फ्याट ( गाढा बोसो ) भएका खाद्यपदार्थ मासु, कलेजो, मिर्गौला, अण्डाको भित्री भाग, दूध,घिउ, मख्खन कम उपयोग गर्ने।
– रातो मासु नखाने। मासु पकाउँदा छाला र बोसो फाल्ने।
– मासुमा पाइने प्रोटिनको बदला दाल, भटमास, सिमी, मटर आदि खाने।
– सागपात, हरियो तरकारी, फलफूल, गहुँ, खस्रो चामल र दाल बढी खाने।
– ओमेगा थ्री फ्याटी एसीडयुक्त खाद्य पदार्थहरु जस्तै माछाको तेल, सिमी, बोडी, भटमास, ओखर, कागती, बदाम आदिबाट तयार पारिएका पदार्थहरु आहारमा प्रयोग गर्ने।
– टर्रो स्वाद भएको खाघपदार्थ खाने।
– नियमित व्यायाम गर्ने। शरीरलाई सक्रिय राख्ने।
– नियमित स्वास्थ्य जाँच गर्ने। कोलेस्टेरोलको रिपोर्ट चिकित्सकलाई देखाउने र चिकित्सकको सुझाव अनुसार जाने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।