काठमाडौं– वैशाख ७ गते काठमाडौंको कपनमा भएको निरा पाण्डे हत्याका अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश चन्द्रप्रकाश तिवारीले शुक्रबार हत्या आरोपी विनोद विश्वकर्मालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएका हुन्।
विनोदविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आजीवन कैदको माग गर्दै बुधबार अभियोग दायर गरेको थियो। विनोदले हत्यापछि निरुको सिक्रि लुटेका थिए। त्यो सिक्रि लगेर उनले बालाजुको एक सुनचाँदी पसलमा विक्रि गरेका थिए।
उक्त सिक्रि किन्ने सुनचाँदी पसल सञ्चालक प्रदिप गदाइलीलाई भने धरौटीमा छाड्न आदेश दिएको छ। घटनाको ९ दिनपछि प्रहरीले विनोदलाई झापाबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।