काठमाडौं- काभा महिला भलिबल च्यालेन्ज कपको समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग पराजित हुँदै समूह ‘ए’ को उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको छ। बुधबार भएको नेपाल भारतबीचको खेलमा ३-१ को सेटमा नेपाल पराजित भएको हो। भारत समूह विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको हो।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा बुधबार भएको खेलमा नेपालले पहिलो सेट १२–२५ ले गुमाएको थियो। प्रतिस्पर्धात्मक बनेको दोस्रो सेटमा २४–२६ ले गुमायो। चौथो सेट नेपालले २५–२० ले जित हासिल गर्यो भने चौथो तथा अन्तिम सेटमा नेपालले २५–२१ ले गुमाउँदै नतिजा भारतलाई सुम्पिएको हो।
चौथो सेटमा नेपाल १८-१५ को अग्रतामा भए पनि लय कायम राख्न नसक्दा पराजित हुन पुगेको हो। भारत समूह एको विजेताको रुपमा सेमिफाइनलमा पुगेको छ।
नेपालले सेमिफाइनलमा समूह ‘बी’ को विजेता काजकस्तानसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ। भारतले सेमिफाइनलमा समूह बीको उपविजेता उज्वेकिस्तानसँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।