काठमाडौं– नेपाल प्रहरीका उच्च अधिकारीहरु गृह मन्त्रालय पुगेका छन्। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरसहित अतिरिक्त महानिरीक्षक (एआईजी)हरु पनि गृह मन्त्रालय पुगेका हुन्।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले छलफलका लागि बोलाएपछि उनीहरु गृह मन्त्रालय पुगेका हुन्। गृह मन्त्रालय स्रोतका अनुसार अहिले गृहमन्त्री श्रेष्ठ र प्रहरीका उच्च अधिकारीहरुको बैठक जारी छ।
भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकबाट पैसा उठाएर भएको ठगी प्रकरणमा प्रहरी महानिरीक्षककै भूमिकाबारे प्रश्न उठेपछि गृहमन्त्रीले उच्च अधिकारीहरुलाई छलफलका लागि बोलाएका हुन्।
प्रहरी अनुसन्धानका क्रममा हालका प्रहरी महानिरीक्षक कुँवरले शरणार्थी प्रकरणलाई सुरुदेखि नै ‘सामसुम पार्न भूमिका खेलेको’ तथ्य फेला परेको छ। प्रहरी महानिरीक्षकको भूमिकालाई लिएर संसद्मा समेत प्रश्न उठेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।