• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ १, २०८२ Thu, Jan 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

शरणार्थी प्रकरणमा अनुसन्धान गर्नुको सट्टा फाइल नै घर लगेर ‘लुकाएका’ थिए आईजी कुँवरले

64x64
नेपाल लाइभ बुधबार, जेठ १०, २०८०  ११:१९
1140x725

काठमाडौं– भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै नेपाली नागरिकबाट पैसा असुलेर भएको ठगी प्रकरणमा हालका प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवरको भूमिका शंकास्पद देखिएको छ। प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हुँदा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख रहेका कुँवरले ठगी प्रकरणमा पहिलोपटक उजुरी आउँदा अनुसन्धान अगाडि नबढाइ उजुरीसँग सम्बन्धित फाइल नै आफ्नो घर लगेर थन्क्याएको पाइएको छ।  

२०७८ पुस २३ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख रहेका एसएसपी चन्द्रकुवेर खापुङलाई प्रहरी प्रधान कार्यालयअन्तर्गतको अपराध अनुसन्धान विभागमा सरुवा गरेर कुँवरलाई अपराध अनुसन्धान कार्यालयको प्रमुखको रुपमा सरुवा गरिएको थियो। 

कुवँरले जिम्मेवारी लिएको केही समयपछि २०७९ जेठ १८ गते भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै आफूहरुसँग पैसा उठाएर ठगी गरेको भन्दै केही पीडितले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएका थिए। ८१ जना पीडितले दिएको उजुरीमा सानु भण्डारी, केशव दुलाल, टंक गरुङलगायतलाई प्रतिवादी बनाइएको थियो। 

उजुरीमा प्रतिवादी बनाइएकाहरुविरुद्ध २०७९ जेठ २८ काठमाडौं जिल्ला अदालतबाट पक्राउ पूर्जी समेत जारी भयो। त्यसपछि उनीहरु पक्राउ परे। तर पक्राउ परेको आधा घण्टा पनि हिरासतमा नबसी उनीहरु छुटे।  

त्यतिबेला नेपाली कांग्रेसका नेता बालकृष्ण खाण गृहमन्त्री थिए। यस्तै, टेकनारायण पाण्डे गृह मन्त्रालयको सचिव थिए। अपराध अनुसन्धान कार्यालयका तत्कालीन एक अधिकृतका अनुसार कुँवरले गृहमन्त्री र सचिवबाट दबाब आएको भन्दै पक्राउ परेकाहरुलाई छाडेका थिए। 

खाण र पाण्डे अहिले नक्कली शरणार्थीको प्रकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा छन्। 

नक्कली शरणार्थी प्रकरणका आरोपी छाडेको १ महिनापछि कुँवर एसएसपीबाट डीआईजीमा बढुवा भए। एसएसपीमा रहँदा १३औं नम्बरमा रहेका कुँवर डीआईजी बढुवा हुँदा भने १ नम्बरमा आइपुगे। 

एसएसपी कुँवर डीआईजीमा बढुवा भएसँगै २०७९ असार २२ गते अपराध अनुसन्धान कार्यालयको जिम्मेवारी एसएसपी (हाल डीआईजी) जनकराज भट्टराईले पाए। कांग्रेसका नेताहरुकै जोडबलमा अपराध अनुसन्धान कार्यालयको प्रमुख बनेका भट्टराईले भुटानी शरणार्थी प्रकरणमा उजुरी छ कि छैन भनेर चासो नै दिएका थिएनन्। 

Ncell 2
Ncell 2

उजुरी हालेका पीडितहरु भने आफूहरुको निवेदनमा के कारबाही भयो भन्दै अपराध अनुसन्धान कार्यालय पुगे। उनीहरुले कार्यालय प्रमुख भट्टराईलाई भेटेर उजुरीमा भइरहेको अनुसन्धानबारे जानकारी मागे।  भट्टराईले भने उजुरीबारे आफूलाई कुनै जानकारी नै नभएको जवाफ दिए। पीडितकर्ताले उजुरी दर्ता भएको नम्बर नै देखाएपछि भट्टराईले सम्बन्धित पिलरसँग सोधपुछ गरेका थिए। त्यसपछि उक्त फाइल खोज्दा कार्यालयमै भेटिएन। 

फाइलबारे जानकार एक प्रहरी अधिकृतले भट्टराईलाई भनेका थिए, ‘फाइल बसन्त सापले लानुभएको छ।’ त्यसपछि भट्टराईले फाइलबारे जानकारी लिँदा कुँवरले आफूकहाँ फाइल नरहेको बताएका थिए। तर प्रहरी महाशाखाका तत्कालीन एक अधिकृतले कुँवरलाई ‘फाइल तपाईंसँगै छ। पछि अप्ठ्यारो पर्ला’ भनेर चेतावनी नै दिए। 

‘त्यसपछि बसन्त सापले फाइल मेरो घरमा छ। लिन पठाइदिनोस् भनेर भन्नुभयो। उहाँको घरमा जाँदा फाइल भेटियो,’ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका तत्कालीन अर्का एक अधिकृतले भने।   

शरणार्थी प्रकरणमा भएको ठगीको उजुरीसहितको फाइल कुँवरको घरबाट ल्याइए पनि अपराध अनुसन्धान कार्यालयका तत्कालीन प्रमुख भट्टराईले अनुसन्धान भने अगाडि बढाएनन्। यसबीच गत पुस २८ गते उनको सरुवा भयो। 

भट्टराईको सरुवा भएपछि अपराध अनुसन्धान कार्यालयको जिम्मा एसएसपी मनोज केसीले पाए। केसीले जिम्मेवारी सम्हालेपछि मात्रै शरणार्थी प्रकरणको अनुसन्धानले गति लियो। 

पाण्डे र खाणसँग नियमित सम्पर्कमा हुन्थे कुँवर
प्रहरी अनुसन्धानबाट खुलेको तथ्यअनुसार हालका आईजी कुँवर शरणार्थी प्रकरणलाई सुरुबाटै ‘सामसुम पार्न’ सक्रिय भएको देखिन्छ। कुँवरको तत्कालीन गृहसचिव पाण्डे र गृहमन्त्री खाणसँग नियमित सम्पर्क हुने गरेको तथ्य पनि प्रहरी अनुसन्धानबाट फेला परेको छ। 

शरणार्थी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका तत्कालीन गृहसचिव पाण्डेको मोबाइलमा कुँवरको ‘शंकास्पद भूमिका’का तथ्यहरु भेटिएका छन्।  

‘पाण्डेको मोबाइलमा कुँवर सापसँग जोडिएका केही भाइबर म्यासेजहरु भेटिएका छन्। ती म्यासेजहरुबाट उहाँको भूमिका शंकास्पद छ भन्ने थाहा हुन्छ,’ शरणार्थी प्रकरणको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले नेपाल लाइभसँग भने। 

यो ठगी गिरोहका नाइके मध्येका एक केशव दुलालको मोबाइलबाट सचिव पाण्डेसँग भाइबरमा भएको कुराकानीको विवरण पनि प्रहरीले अनुसन्धानका क्रममा निकालेको छ। जसमा पाण्डे र दुलालबीचको संवादमा कुँवरको समेत नाम लिइएको छ। ठगी गिरोहका नाइके दुलाललाई कुँवरसँग जोड्ने काम पनि पाण्डेले नै गरेको पाइएको छ। 

दुलालले सचिव पाण्डेलाई भाइबर म्यासेजमा भनेका छन्, ‘सर बसन्त सरलाई पनि फाइनान्सिलय सपोर्ट हुन्छ भनिदिनु पर्‍यो।’

त्यसपछि सचिव पाण्डेले रिप्लाई गरेका छन्, ‘हुन्छ।’

दुलालले सचिव पाण्डेलाई म्यासेज पठाएका छन्, ‘सर डीआईजीपी बसन्त सरसँग कुरा भयो ?’। सचिव पाण्डेले दुलाललाई भाइबरमा रिप्लाइ गरेका छन्, ‘म गर्छु, १२ बजेपछि जानु न।’ 

पछि कुरा भएको छ जानु भनेर समेत पाण्डेले म्यासेज गरेको देखिन्छ।

प्रहरी स्रोतका अनुसार खाण पक्राउ पर्नु अगाडिसम्म आईजी कुँवर उनीसँग नियमित सम्पर्कमा रहेको देखिएको छ। ठगी प्रकरणको अनुसन्धानका लागि प्रहरीले खोजी गरिरहेका बेला अनुसन्धानबाट प्राप्त सूचना कुँवरले खाणलाई चुहाउने गरेको पनि प्रहरी स्रोतको दाबी छ।  

‘अनुसन्धानका लागि पक्राउ गर्न एकातिर हामी उहाँ (खाण)लाई लोकेट गरिरहेका थियौं। तर कुँवर सर भने निरन्तर उहाँ (खाण)सँग सम्पर्कमा रहेको देखियो,’ प्रहरी स्रोतले भन्यो। 

ठगी प्रकरणमा आफ्नो नाम जोडिएर सामाचारहरु प्रकाशित भएका बेला खाण रुपन्देहीमा थिए। त्यतिबेला खाणले समेत आफू निरन्तर आईजीकै सम्पर्कमा रहेको र काठमाडौं आएपछि घटनाबारे प्रष्ट पार्ने बताएका थिए।

आईजी कुँवरले आफूमाथि पूर्वाग्रह राखिएर भ्रम फैलाइएको बताएका छन्। नेपाल लाइभसँग यस विषयमा कुरा गर्दै कुँवरले भने, ‘कसैले मेरो नाम लिए होला। त्यसमा मेरो के दोष।’ कुँवरले यो अनुसन्धान नै आफूले गर्न लगाएको दाबी समेत नेपाल लाइभसँग गरे। 

ooo

डीआईजीबाट एआईजी हुँदै गत चैत १० गते सरकारले कुँवरलाई आईजीमा बढुवा गर्ने निर्णय गर्‍यो।  संयोग कस्तो रह्यो भने चैत १२ गते कुँवरले आईजीको दर्ज्यानी चिह्न (फुली) लगाउँदै गर्दा एसएसपी केसीको टोलीले भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा ३ जनालाई पक्राउ गर्‍यो।

त्यतिबेला ललितपुरका ५० वर्षीय सानु भण्डारी, मोरङका ४९ वर्षीय केशवप्रसाद दुलाल र पाँचथरका ४५ वर्षीय टंककुमार गुरुङ पक्राउ परेका थिए। यिनै ३ जनाबाट सुरु भएको अनुसन्धानले अहिलेसम्म आइपुग्दा हाइप्रोफाइल व्यक्तिसहित १६ जना पक्राउ परिसकेका छन्। १७ जनालाई फरार प्रतिवादी बनाइएको छ। 

पक्राउ गरेर अनुसन्धान गरे पनि अपराध अनुसन्धान कार्यालयलाई मुद्दा चलाउने अधिकार भने छैन। आफूले पक्राउ गरेका व्यक्तिलाई पनि अपराध अनुसन्धान कार्यालयले ‘थप अनुसन्धान र मुद्दा चलाउन’ भन्दै सम्बन्धित जिल्ला प्रहरी परिसरमा पठाउने गर्छ। 

ठगी प्रकरणमा पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको थियो। यो ठगी प्रकरणमा धेरैको संलग्नता रहेको र हाइप्रोफाइल व्यक्तिसम्मको ‘नेक्सस’ रहेको आशंका थियो।

पक्राउ परेका तीनै जनाविरुद्ध परिसर टेकुले ठगीको कसुरमा जिल्ला अदालत काठमाडौंबाट म्याद लिएर अनुसन्धान अघि बढायो। यो ठगी प्रकरणको ‘नेक्सस’ माथिसम्म रहेको आशंकापछि अनुसन्धान अन्तिम बिन्दुसम्म पुग्छ/पुग्दैन भन्ने जिज्ञासा राख्दा त्यतिबेला एसएसपी केसीले भनेका थिए, ‘यसले बढार्नुपर्ने ठाउँसम्म बढार्छ। कोही उम्कनेवाला छैन, तपाईं ढुक्क हुनुस्।’

उच्च तहका व्यक्तिसम्म ‘नेक्सस’ रहेको र यसअघि पक्राउ पर्दासमेत छुटेकाले यो पटक पक्राउ गर्दा पनि दबाब आयो/आएन? भन्ने प्रश्नमा एसएसपी केसीले नेपाल लाइभसँग भनेका थिए, ‘शरणार्थी प्रकरणका मान्छे पक्राउ गर्न सुरु भएपछि केही फोनहरु आए। कतिपयले भट्ने इच्छासमेत व्यक्त गरे। तर मैले उहाँहरुलाई यो केसमा भेट्न खोज्नु भएको हो भने इथिकल्ली भेट्न मिल्दैन भनेर सिधै भन्दिएको थिएँ।’

चैत १२ गते ३ आरोपी पक्राउ गर्दा प्रहरीले ८१ जना पीडितले जाहेरी दिएको र उनीहरुबाट १३ करोड ६३ लाख रुपैयाँ ठगी गरेको उल्लेख गरेको थियो। ३ जना पक्राउ परेको ३ दिनपछि चैत १५ गते मोरङको पथरी शनिश्चरे नगरपालिका–१० का पूर्ववडाध्यक्ष सागर राईलाई अपराध अनुसन्धान कार्यालयले पक्राउ गर्‍यो। उनी पक्राउ परेपछि यो प्रकरणमा थप ५० जना पीडितहरु थपिएको र उनीहरुबाट ३ करोड २४ लाख रुपैयाँ ठगी भएको भन्दै दुईवटा छुट्टा–छुट्टै उजुरी परेको अपराध अनुसन्धान कार्यालयले जनाएको थियो। उनलाई पनि अनुसन्धानका लागि परिसर टेकु पठाइयो।

ठगीसम्बन्धी कसुरको मुद्दामा आरोपी पक्राउ परेको मितिले २५ दिनभित्र अदालतमा दर्ता गरिसक्नुपर्ने प्रावधान छ। जसअनुसार पक्राउ परेका मितिले २२ दिनभित्र प्रहरीले अनुसन्धान फाइल सरकारी वकिल कार्यालयमा पठाउनुपर्ने हुन्छ। परिसर टेकुले ठगीमा अनुसन्धान अघि बढाएकाले फाइल बुझाउनुपर्ने मिति नजिकिँदै थियो।

त्यति नै बेला अर्का मुख्य अभियुक्त भनिएका व्यक्ति दाङका ३३ वर्षीय सन्देश शर्मालाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गर्‍यो। गजेन्द्र बुढाथोकीको जाहेरीको आधारमा पक्राउ गरिएको बताउँदै शर्मामाथि अनुसन्धान गर्न परिसर टेकु पठाइयो।

पक्राउ परेका मान्छेहरु परिसर टेकु पठाए पनि अपराध अनुसन्धान कार्यालयले उनीहरुबाट बरामद भएका मोबाइलहरु भने आफ्नै कार्यालयमा राखेको थियो। 

तिनै मोबाइलमार्फत् थप अनुसन्धान गर्दै सन्देश शर्मासहित थप संदिग्ध व्यक्ति पक्राउ गरिएको एसएसपी केसीले बताए। ‘हामीले जानेरै आरोपीको साथबाट बरामद भएका मोबाइल आफैंसँग राखेर अनुसन्धान गरेका थियौं। त्यही मोबाइलमार्फत् सन्देश शर्मासहितका व्यक्ति पक्राउ गरेपछि मात्रै परिसरलाई मोबाइल बुझाएका हौं,’ एसएसपी केसीले भने।

ती मोबाइल डिजीटल फरेन्सीक ल्याब (डीएफएल) मा जाँच गर्न पठाइयो। यसअघि पक्राउ परेकाहरुले बयानमा मात्रै हाइप्रोफाइल व्यक्तिको नाम लिएकोमा मोबाइलको जाँचबाट हाइप्रोफाइलको संलग्नता पुष्टि हुने आधारहरु भेटिए। 

मोबाइलको जाँचपछि मात्रै घटनाले नयाँ मोड लिँदै हाइप्रोफाइलतर्फ अनुसन्धान सोझियो र संगठित ठगीको कसुरमा अनुसन्धान भयो।

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  ११:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विशेष महाधिवेशनबाट निर्वाचित काँग्रेस केन्द्रीय समितिको पहिलो बैठक बस्दै
सुनको मूल्य तोलामा १५०० रुपैयाँ घट्यो
रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : महासचिव पोखरेल
सम्बन्धित सामग्री
सुनसरी गोलीकाण्ड : छानबिन समितिले काम थाल्यो त्यसलगत्तै सुनसरीका साहयक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेको संयोजकत्वमा जिल्ला प्रहरी कार्यलय सुनसरीका डीएसपी चन्द्रबहादुर खड... शुक्रबार, पुस १८, २०८२
एम्बुलेन्सबाट ५२१ किलो गाँजा बरामद आइतबार राति केराबारी गाउँपालिका–५ मा प्रहरीले ५ सय २१ किलो गाँजा बरामद गर्नुका साथै तस्करीमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको हो। सोमबार, पुस १४, २०८२
७५० केजी गाँजासहित दुई जना पक्राउ को १ ज ३४५६ नम्बरको जिपबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले बताए । शनिबार, पुस १२, २०८२
ताजा समाचारसबै
विशेष महाधिवेशनबाट निर्वाचित काँग्रेस केन्द्रीय समितिको पहिलो बैठक बस्दै बिहीबार, माघ १, २०८२
सुनको मूल्य तोलामा १५०० रुपैयाँ घट्यो बिहीबार, माघ १, २०८२
रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : महासचिव पोखरेल बिहीबार, माघ १, २०८२
नेपालसहित ७५ देशका नागरिकका लागि अमेरिकाले रोक्यो आप्रवासी भिसा बिहीबार, माघ १, २०८२
मार्बल बोकेको ट्रक पल्टिदा पाँच कामदारको मृत्यु, दुई घाइते बिहीबार, माघ १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगनलाई प्रधानमन्त्रीको उम्मेदवारसहित संस्थापनलाई ८ बुँदे प्रस्ताव, संस्थापनद्वारा अस्वीकार बुधबार, पुस ३०, २०८२
पार्टीबाट निष्कासनमा परेपछि विश्वप्रकाश–  ‘गगन र म दुवै दृढ छौँ, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’ बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोग पुग्यो देउवा पक्षको पत्र, महामन्त्रीद्वयलाई कारबाही गरेको जानकारी बुधबार, पुस ३०, २०८२
गगन–विश्वप्रकाश सहितलाई कांग्रेसबाट निष्काशन बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्