• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

शरणार्थी प्रकरणमा अनुसन्धान गर्नुको सट्टा फाइल नै घर लगेर ‘लुकाएका’ थिए आईजी कुँवरले

64x64
नेपाल लाइभ बुधबार, जेठ १०, २०८०  ११:१९
1140x725

काठमाडौं– भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै नेपाली नागरिकबाट पैसा असुलेर भएको ठगी प्रकरणमा हालका प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवरको भूमिका शंकास्पद देखिएको छ। प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हुँदा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख रहेका कुँवरले ठगी प्रकरणमा पहिलोपटक उजुरी आउँदा अनुसन्धान अगाडि नबढाइ उजुरीसँग सम्बन्धित फाइल नै आफ्नो घर लगेर थन्क्याएको पाइएको छ।  

२०७८ पुस २३ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख रहेका एसएसपी चन्द्रकुवेर खापुङलाई प्रहरी प्रधान कार्यालयअन्तर्गतको अपराध अनुसन्धान विभागमा सरुवा गरेर कुँवरलाई अपराध अनुसन्धान कार्यालयको प्रमुखको रुपमा सरुवा गरिएको थियो। 

कुवँरले जिम्मेवारी लिएको केही समयपछि २०७९ जेठ १८ गते भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै आफूहरुसँग पैसा उठाएर ठगी गरेको भन्दै केही पीडितले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएका थिए। ८१ जना पीडितले दिएको उजुरीमा सानु भण्डारी, केशव दुलाल, टंक गरुङलगायतलाई प्रतिवादी बनाइएको थियो। 

उजुरीमा प्रतिवादी बनाइएकाहरुविरुद्ध २०७९ जेठ २८ काठमाडौं जिल्ला अदालतबाट पक्राउ पूर्जी समेत जारी भयो। त्यसपछि उनीहरु पक्राउ परे। तर पक्राउ परेको आधा घण्टा पनि हिरासतमा नबसी उनीहरु छुटे।  

त्यतिबेला नेपाली कांग्रेसका नेता बालकृष्ण खाण गृहमन्त्री थिए। यस्तै, टेकनारायण पाण्डे गृह मन्त्रालयको सचिव थिए। अपराध अनुसन्धान कार्यालयका तत्कालीन एक अधिकृतका अनुसार कुँवरले गृहमन्त्री र सचिवबाट दबाब आएको भन्दै पक्राउ परेकाहरुलाई छाडेका थिए। 

खाण र पाण्डे अहिले नक्कली शरणार्थीको प्रकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा छन्। 

नक्कली शरणार्थी प्रकरणका आरोपी छाडेको १ महिनापछि कुँवर एसएसपीबाट डीआईजीमा बढुवा भए। एसएसपीमा रहँदा १३औं नम्बरमा रहेका कुँवर डीआईजी बढुवा हुँदा भने १ नम्बरमा आइपुगे। 

एसएसपी कुँवर डीआईजीमा बढुवा भएसँगै २०७९ असार २२ गते अपराध अनुसन्धान कार्यालयको जिम्मेवारी एसएसपी (हाल डीआईजी) जनकराज भट्टराईले पाए। कांग्रेसका नेताहरुकै जोडबलमा अपराध अनुसन्धान कार्यालयको प्रमुख बनेका भट्टराईले भुटानी शरणार्थी प्रकरणमा उजुरी छ कि छैन भनेर चासो नै दिएका थिएनन्। 

Ncell 2
Ncell 2
nimb
nimb

उजुरी हालेका पीडितहरु भने आफूहरुको निवेदनमा के कारबाही भयो भन्दै अपराध अनुसन्धान कार्यालय पुगे। उनीहरुले कार्यालय प्रमुख भट्टराईलाई भेटेर उजुरीमा भइरहेको अनुसन्धानबारे जानकारी मागे।  भट्टराईले भने उजुरीबारे आफूलाई कुनै जानकारी नै नभएको जवाफ दिए। पीडितकर्ताले उजुरी दर्ता भएको नम्बर नै देखाएपछि भट्टराईले सम्बन्धित पिलरसँग सोधपुछ गरेका थिए। त्यसपछि उक्त फाइल खोज्दा कार्यालयमै भेटिएन। 

फाइलबारे जानकार एक प्रहरी अधिकृतले भट्टराईलाई भनेका थिए, ‘फाइल बसन्त सापले लानुभएको छ।’ त्यसपछि भट्टराईले फाइलबारे जानकारी लिँदा कुँवरले आफूकहाँ फाइल नरहेको बताएका थिए। तर प्रहरी महाशाखाका तत्कालीन एक अधिकृतले कुँवरलाई ‘फाइल तपाईंसँगै छ। पछि अप्ठ्यारो पर्ला’ भनेर चेतावनी नै दिए। 

‘त्यसपछि बसन्त सापले फाइल मेरो घरमा छ। लिन पठाइदिनोस् भनेर भन्नुभयो। उहाँको घरमा जाँदा फाइल भेटियो,’ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका तत्कालीन अर्का एक अधिकृतले भने।   

शरणार्थी प्रकरणमा भएको ठगीको उजुरीसहितको फाइल कुँवरको घरबाट ल्याइए पनि अपराध अनुसन्धान कार्यालयका तत्कालीन प्रमुख भट्टराईले अनुसन्धान भने अगाडि बढाएनन्। यसबीच गत पुस २८ गते उनको सरुवा भयो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

भट्टराईको सरुवा भएपछि अपराध अनुसन्धान कार्यालयको जिम्मा एसएसपी मनोज केसीले पाए। केसीले जिम्मेवारी सम्हालेपछि मात्रै शरणार्थी प्रकरणको अनुसन्धानले गति लियो। 

पाण्डे र खाणसँग नियमित सम्पर्कमा हुन्थे कुँवर
प्रहरी अनुसन्धानबाट खुलेको तथ्यअनुसार हालका आईजी कुँवर शरणार्थी प्रकरणलाई सुरुबाटै ‘सामसुम पार्न’ सक्रिय भएको देखिन्छ। कुँवरको तत्कालीन गृहसचिव पाण्डे र गृहमन्त्री खाणसँग नियमित सम्पर्क हुने गरेको तथ्य पनि प्रहरी अनुसन्धानबाट फेला परेको छ। 

शरणार्थी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका तत्कालीन गृहसचिव पाण्डेको मोबाइलमा कुँवरको ‘शंकास्पद भूमिका’का तथ्यहरु भेटिएका छन्।  

‘पाण्डेको मोबाइलमा कुँवर सापसँग जोडिएका केही भाइबर म्यासेजहरु भेटिएका छन्। ती म्यासेजहरुबाट उहाँको भूमिका शंकास्पद छ भन्ने थाहा हुन्छ,’ शरणार्थी प्रकरणको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले नेपाल लाइभसँग भने। 

यो ठगी गिरोहका नाइके मध्येका एक केशव दुलालको मोबाइलबाट सचिव पाण्डेसँग भाइबरमा भएको कुराकानीको विवरण पनि प्रहरीले अनुसन्धानका क्रममा निकालेको छ। जसमा पाण्डे र दुलालबीचको संवादमा कुँवरको समेत नाम लिइएको छ। ठगी गिरोहका नाइके दुलाललाई कुँवरसँग जोड्ने काम पनि पाण्डेले नै गरेको पाइएको छ। 

दुलालले सचिव पाण्डेलाई भाइबर म्यासेजमा भनेका छन्, ‘सर बसन्त सरलाई पनि फाइनान्सिलय सपोर्ट हुन्छ भनिदिनु पर्‍यो।’

त्यसपछि सचिव पाण्डेले रिप्लाई गरेका छन्, ‘हुन्छ।’

दुलालले सचिव पाण्डेलाई म्यासेज पठाएका छन्, ‘सर डीआईजीपी बसन्त सरसँग कुरा भयो ?’। सचिव पाण्डेले दुलाललाई भाइबरमा रिप्लाइ गरेका छन्, ‘म गर्छु, १२ बजेपछि जानु न।’ 

पछि कुरा भएको छ जानु भनेर समेत पाण्डेले म्यासेज गरेको देखिन्छ।

प्रहरी स्रोतका अनुसार खाण पक्राउ पर्नु अगाडिसम्म आईजी कुँवर उनीसँग नियमित सम्पर्कमा रहेको देखिएको छ। ठगी प्रकरणको अनुसन्धानका लागि प्रहरीले खोजी गरिरहेका बेला अनुसन्धानबाट प्राप्त सूचना कुँवरले खाणलाई चुहाउने गरेको पनि प्रहरी स्रोतको दाबी छ।  

‘अनुसन्धानका लागि पक्राउ गर्न एकातिर हामी उहाँ (खाण)लाई लोकेट गरिरहेका थियौं। तर कुँवर सर भने निरन्तर उहाँ (खाण)सँग सम्पर्कमा रहेको देखियो,’ प्रहरी स्रोतले भन्यो। 

ठगी प्रकरणमा आफ्नो नाम जोडिएर सामाचारहरु प्रकाशित भएका बेला खाण रुपन्देहीमा थिए। त्यतिबेला खाणले समेत आफू निरन्तर आईजीकै सम्पर्कमा रहेको र काठमाडौं आएपछि घटनाबारे प्रष्ट पार्ने बताएका थिए।

आईजी कुँवरले आफूमाथि पूर्वाग्रह राखिएर भ्रम फैलाइएको बताएका छन्। नेपाल लाइभसँग यस विषयमा कुरा गर्दै कुँवरले भने, ‘कसैले मेरो नाम लिए होला। त्यसमा मेरो के दोष।’ कुँवरले यो अनुसन्धान नै आफूले गर्न लगाएको दाबी समेत नेपाल लाइभसँग गरे। 

ooo

डीआईजीबाट एआईजी हुँदै गत चैत १० गते सरकारले कुँवरलाई आईजीमा बढुवा गर्ने निर्णय गर्‍यो।  संयोग कस्तो रह्यो भने चैत १२ गते कुँवरले आईजीको दर्ज्यानी चिह्न (फुली) लगाउँदै गर्दा एसएसपी केसीको टोलीले भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा ३ जनालाई पक्राउ गर्‍यो।

त्यतिबेला ललितपुरका ५० वर्षीय सानु भण्डारी, मोरङका ४९ वर्षीय केशवप्रसाद दुलाल र पाँचथरका ४५ वर्षीय टंककुमार गुरुङ पक्राउ परेका थिए। यिनै ३ जनाबाट सुरु भएको अनुसन्धानले अहिलेसम्म आइपुग्दा हाइप्रोफाइल व्यक्तिसहित १६ जना पक्राउ परिसकेका छन्। १७ जनालाई फरार प्रतिवादी बनाइएको छ। 

पक्राउ गरेर अनुसन्धान गरे पनि अपराध अनुसन्धान कार्यालयलाई मुद्दा चलाउने अधिकार भने छैन। आफूले पक्राउ गरेका व्यक्तिलाई पनि अपराध अनुसन्धान कार्यालयले ‘थप अनुसन्धान र मुद्दा चलाउन’ भन्दै सम्बन्धित जिल्ला प्रहरी परिसरमा पठाउने गर्छ। 

ठगी प्रकरणमा पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको थियो। यो ठगी प्रकरणमा धेरैको संलग्नता रहेको र हाइप्रोफाइल व्यक्तिसम्मको ‘नेक्सस’ रहेको आशंका थियो।

पक्राउ परेका तीनै जनाविरुद्ध परिसर टेकुले ठगीको कसुरमा जिल्ला अदालत काठमाडौंबाट म्याद लिएर अनुसन्धान अघि बढायो। यो ठगी प्रकरणको ‘नेक्सस’ माथिसम्म रहेको आशंकापछि अनुसन्धान अन्तिम बिन्दुसम्म पुग्छ/पुग्दैन भन्ने जिज्ञासा राख्दा त्यतिबेला एसएसपी केसीले भनेका थिए, ‘यसले बढार्नुपर्ने ठाउँसम्म बढार्छ। कोही उम्कनेवाला छैन, तपाईं ढुक्क हुनुस्।’

उच्च तहका व्यक्तिसम्म ‘नेक्सस’ रहेको र यसअघि पक्राउ पर्दासमेत छुटेकाले यो पटक पक्राउ गर्दा पनि दबाब आयो/आएन? भन्ने प्रश्नमा एसएसपी केसीले नेपाल लाइभसँग भनेका थिए, ‘शरणार्थी प्रकरणका मान्छे पक्राउ गर्न सुरु भएपछि केही फोनहरु आए। कतिपयले भट्ने इच्छासमेत व्यक्त गरे। तर मैले उहाँहरुलाई यो केसमा भेट्न खोज्नु भएको हो भने इथिकल्ली भेट्न मिल्दैन भनेर सिधै भन्दिएको थिएँ।’

चैत १२ गते ३ आरोपी पक्राउ गर्दा प्रहरीले ८१ जना पीडितले जाहेरी दिएको र उनीहरुबाट १३ करोड ६३ लाख रुपैयाँ ठगी गरेको उल्लेख गरेको थियो। ३ जना पक्राउ परेको ३ दिनपछि चैत १५ गते मोरङको पथरी शनिश्चरे नगरपालिका–१० का पूर्ववडाध्यक्ष सागर राईलाई अपराध अनुसन्धान कार्यालयले पक्राउ गर्‍यो। उनी पक्राउ परेपछि यो प्रकरणमा थप ५० जना पीडितहरु थपिएको र उनीहरुबाट ३ करोड २४ लाख रुपैयाँ ठगी भएको भन्दै दुईवटा छुट्टा–छुट्टै उजुरी परेको अपराध अनुसन्धान कार्यालयले जनाएको थियो। उनलाई पनि अनुसन्धानका लागि परिसर टेकु पठाइयो।

ठगीसम्बन्धी कसुरको मुद्दामा आरोपी पक्राउ परेको मितिले २५ दिनभित्र अदालतमा दर्ता गरिसक्नुपर्ने प्रावधान छ। जसअनुसार पक्राउ परेका मितिले २२ दिनभित्र प्रहरीले अनुसन्धान फाइल सरकारी वकिल कार्यालयमा पठाउनुपर्ने हुन्छ। परिसर टेकुले ठगीमा अनुसन्धान अघि बढाएकाले फाइल बुझाउनुपर्ने मिति नजिकिँदै थियो।

त्यति नै बेला अर्का मुख्य अभियुक्त भनिएका व्यक्ति दाङका ३३ वर्षीय सन्देश शर्मालाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गर्‍यो। गजेन्द्र बुढाथोकीको जाहेरीको आधारमा पक्राउ गरिएको बताउँदै शर्मामाथि अनुसन्धान गर्न परिसर टेकु पठाइयो।

पक्राउ परेका मान्छेहरु परिसर टेकु पठाए पनि अपराध अनुसन्धान कार्यालयले उनीहरुबाट बरामद भएका मोबाइलहरु भने आफ्नै कार्यालयमा राखेको थियो। 

तिनै मोबाइलमार्फत् थप अनुसन्धान गर्दै सन्देश शर्मासहित थप संदिग्ध व्यक्ति पक्राउ गरिएको एसएसपी केसीले बताए। ‘हामीले जानेरै आरोपीको साथबाट बरामद भएका मोबाइल आफैंसँग राखेर अनुसन्धान गरेका थियौं। त्यही मोबाइलमार्फत् सन्देश शर्मासहितका व्यक्ति पक्राउ गरेपछि मात्रै परिसरलाई मोबाइल बुझाएका हौं,’ एसएसपी केसीले भने।

ती मोबाइल डिजीटल फरेन्सीक ल्याब (डीएफएल) मा जाँच गर्न पठाइयो। यसअघि पक्राउ परेकाहरुले बयानमा मात्रै हाइप्रोफाइल व्यक्तिको नाम लिएकोमा मोबाइलको जाँचबाट हाइप्रोफाइलको संलग्नता पुष्टि हुने आधारहरु भेटिए। 

मोबाइलको जाँचपछि मात्रै घटनाले नयाँ मोड लिँदै हाइप्रोफाइलतर्फ अनुसन्धान सोझियो र संगठित ठगीको कसुरमा अनुसन्धान भयो।

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  ११:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित)
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्