काठमाडौं– एसएस राजामौलीले निर्देशन गरेका धेरै फिल्म ब्लकबस्टर छन्। तर ‘स्टुडेन्ट नम्बर वन’को सफलतापछि उनले सन् २००३ मा एनटीआरसँग बनाएको फिल्म सबैभन्दा ठूलो ब्लकबस्टर साबित भयो। त्यो फिल्म ‘सिम्हाद्री’ थियो।
२० वर्षअघि फिल्मलाई दर्शकले धेरै माया दिएका थिए। यो फिल्म फेरि रिलिज भएको छ। २० वर्षपछि पनि फिल्मले राम्रो प्रतिक्रिया पाइरहेको छ।
एसएस राजामौली निर्देशित फिल्म ‘सिम्हाद्री’ ४केमा रिलिज भएको छ। यो फिल्म २० वर्षअघि ८ देखि १० करोडको लागतमा बनेको थियो। यो सन् २००३ मा सबैभन्दा धेरै कमाउने फिल्म बन्यो। ‘सिम्हाद्री’ मा जुनियर एनटीआरसँगै भूमिका र अंकिता मुख्य भूमिकामा छन्। २० वर्षपछि फिल्मले फेरि सबै रेकर्ड तोडेको छ।
‘सिम्हाद्री’ को लिएर दर्शकमाझ निकै क्रेज छ। जुनियर एनटीआरको फिल्मले बक्स अफिसमा निकै माया पाइरहेको छ। ‘सिम्हाद्री’ ले रिलिजको पहिलो दिनमै बक्स अफिसमा उत्कृष्ट व्यापार गरेको छ। जुनियर एनटीआरको फिल्मले पहिलो दिन पाँच करोड कमाएको छ।
यो फिल्म ‘बाहुबली’ र ‘आरआरआर’का लेखक वी विजयेन्द्र प्रसादले लेखेका हुन्। यो फिल्म युट्युबमा हिन्दी डबमा पनि उपलब्ध छ, जसलाई दर्शकले अहिले पनि रुचाइरहेका छन्। २० वर्षअघि ‘सिम्हाद्री’ले २५ करोडभन्दा बढी कमाएको थियो।
जुनियर एनटीआरको ४० औं जन्मदिनमा उनको २० वर्ष पुरानो फिल्म ‘सिम्हाद्री’ हलमा पुनः रिलिज भएको छ। चलचित्र हेर्न हलमा दर्शकको भीड लागेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।