• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
नक्कली भुटानी शरणार्थी प्रकरण :

कार्यदल गठनबाटै ठगीको सूत्रपात, तर कसरी जोगिए बादल?

64x64
नारायण अधिकारी बुधबार, जेठ १०, २०८०  ०५:२०
1140x725

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्री समेत भइसकेका सांसद टोपबहादुर रायमाझीले आफू संलग्न नरहेको दाबी गर्दै घटनाबारे तत्कालीन गृहमन्त्रीलाई सबै जानकारी रहेको बयान दिएका छन्।

प्रहरीका अनुसार आफूले भुटानी शरणार्थी समस्या समाधानका लागि भनेर पहल गरेको, त्यसका लागि धेरै मान्छेहरुसँग भेटघाट भएको, चिया कफी खाएको विषय स्वीकार गरेका छन्। तर यी सबै गतिविधिमा तत्कालीन गृहमन्त्री र गृहसचिवलाई सबै जानकारी रहेको रायमाझीको दाबी छ।

रायमाझीले भनेको बेलाका तत्कालीन गृहमन्त्री थिए रामबहादुर थापा ‘बादल’। तर एमालेका उपाध्यक्षसमेत रहेका बादललाई भने प्रतिवादी नबनाउँदै प्रहरीले रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा पठाएको छ।

शरणार्थी मामला मुख्यगरी दुई देशबीचको इस्यु हुनेगर्छ। एउटा कहाँबाट शरणार्थी भयो र कहाँ आश्रय लियो यी दुई देशको मुख्य मुद्दा बन्छ। शरणार्थी भएर आएको देशमा फिर्ता गराउने विषय असफल भएपछि 'सेटल' गराउने विषय प्राथमिक बन्छ। त्यसका लागि युएनएचसीआरको समन्वयमा शरणार्थीको व्यवस्थापन हुने गर्छ। 

युएनएचसीआरकै पहलमा शरणार्थी मामला टुंगो लाग्ने गर्छ। कुन देशमा शरणार्थी भएर बसेको र कुन देशमा पठाउने लागेको भन्ने दुई देशबीचको समन्वयमा युएनएचसीआरले काम गर्छ।

तर, युएनएचसीआरले भुटानी शरणार्थीको मामला बन्द गरेको अवस्थामा गृहमन्त्रालयले शरणार्थी समस्या समाधानका लागि कार्यदल बनाउनु नै गलत रहेको प्रहरी अधिकारी स्वयमले बताउँदै आएका छन्। ‘जुन देशमा पठाउन खोजिएको छ। त्यो देशलाई कुनै जानकारी नै छैन। जसले शरणार्थी समस्या समाधानबारे काम गर्छ। त्यसले यो च्याप्टर नै क्लोज गरेको छ। यस्तो अवस्थामा गृहमन्त्रालयले आफूखुसी कार्यदल बनाउनु नै मनसाय गलत हो। यसमा रिपोर्ट सही दिएको भए पनि आफूखुसी कार्यदल बन्नु नै संकास्पद छ’, शरणार्थी समस्या समाधानबारे जानकार एक व्यक्तिले भने, ‘जसकारण कार्यदल कसले बनाउने भन्नेमाथि पनि सुरुवाती क्रममै छानबिन गर्नुपर्नेमा त्यो गरेको देखिएन।’

भुटानी शरणार्थी समस्या समाधानका लागि भन्दै गृहमन्त्री रामबहादुर थापाको पालामा २०७६ जेठ ३० मा एउटा कार्यदल गठन गरिएको थियो। गृह मन्त्रालयका पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा विज्ञको रुपमा गणेशबहादुर केसी र सदस्य सचिवको रुपमा गृहका तत्कालीन शाखा अधिकृत दीपकप्रसाद न्यौपाने थिए।

छुटपुट भन्दै उक्त कार्यदलले भुटानी शरणार्थीको रुपमा ४२९ जनाको नाम समेट्दै प्रतिवेदन बुझाएको थियो। यो प्रतिवेदनमा सक्कली भुटानी शरणार्थीको नाम समेटिए पनि कार्यदल बनाउनु नै गलत रहेकाले कार्यदल बनाउने व्यक्तिहरुमाथि पनि अनुसन्धान गर्नुपर्ने उनले बताए। कार्यदल नै विचौलियाको सुझाव अनुसार बनेको समेत प्रहरी अनुसन्धानबाट खुलेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

विचौलियाहरु सानु भण्डारी, केशव दुलाललगायतको योजनामा कार्यदल बनेको प्रहरी अनुसन्धानबाट खुलेको थियो। कार्यदल बनाएर ठगी धन्दा सञ्चालन गर्ने दाउअनुसार नै विचौलियाहरुले इन्द्रजित राईलाई बादलको सुरक्षा सल्लाहकारसम्म बनाएको पाइएको थियो। त्यसपछि इन्द्रजितमार्फत् नै गृहमन्त्री बादललाई भनेर मन्त्रीस्तरीय निर्णयबाट भन्दै पन्थी नेतृत्वको कार्यदल बनाइएको थियो।

कार्यदलका मान्छेहरुसमेत विचौलियाहरुले भनेअनुसार नै राखिएकोसमेत पाइएको थियो। कार्यदल बनाएर औपचारिक रुपमा ठगीधन्दा सुरु गरिएको प्रकरणमा बादलका सचिवालयमा रहेकाहरु पक्राउ परे। सुरक्षा सल्लाहाकार इन्द्रजितसँगै उनका छोरा निरज र बादलका छोरा प्रतीकविरुद्ध पनि पक्राउ पुर्जी जारी भयो। निरज र प्रतीक अहिले पनि फरार छन्।

बादलले नै बनाएको कार्यदलका व्यक्तिहरुलाईसमेत प्रहरीले बयान गरायो। बादलकै श्रीमती नैनकलादेखि उनको पालाका गृहसचिव प्रेमकुमार राईसम्मको नाम विचौलियाहरुले बयानमा लिए। तर यति हुँदासमेत बादलमाथिको अनुसन्धान भने प्रहरीका लागि नै परको विषय बन्यो। एक अर्बभन्दा बढीको ठगीको सुत्राधार बादल रहेको भन्दै बयान दिँदासमेत उनीमाथि सोधपुछ गर्ने हिम्मतसम्म प्रहरीले राखेन।

एमाले सचिवसमेत रहेका टोपबहादुर रायमाझी पक्राउ परेपछि अध्यक्ष केपी शर्मा ओलीले सरकार निर्दोषलाई फसाएर दोषी उम्काउन लागेको भन्दै आपत्तिसमेत जनाए। शरणार्थी प्रकरणबारे ओलीले पटक–पटक प्रधानमन्त्री पुष्पकमल दाहाललाईसमेत भेट गरेर यसबारे जानकारीसमेत गराएका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आफ्ना वरपरका सबैजसो व्यक्ति पक्राउ पर्दा समेत बादल भने जोगिए। बादलकै पालाबाट सुरु भएको यो ठगीको सुत्रपात गृहमन्त्री बालकृष्ण खाण रहँदासम्म कायम रह्यो। बादलको पालामा पन्थी नेतृत्वको प्रतिवेदन मन्त्रिपरिषद्‌मा पेस गरिएको थियो। तर, सरकार ढलेपछि मन्त्रिपरिषद्ले पास गर्न सकेन। पछि उक्त प्रतिवेदन मन्त्रालयमै फिर्ता पठाइएको थियो। त्यही प्रतिवेदन गुपचुप राखिएको थियो।

तर, अनुसन्धानका क्रममा वास्तविकता भने अर्कै रहेको खुल्यो। नक्कली भुटानी शरणार्थी प्रकरण बाहिरिएपछि प्रहरीले पन्थीको कार्यदलसँग पनि बयान लियो। उनीहरुले आफूले तयार पारेको प्रतिवेदन प्रहरीकहाँ पेस गरे। उनीहरुले पेस गरेको प्रतिवेदन र पछि गृहमन्त्री बनेका खाणले गुपचुप राखेको प्रतिवेदनमा मेल खाएन।

पन्थी कार्यदलले पेस गरेको प्रतिवेदन कीर्ते गरी अनसूची थपेर खाणको पालामा नक्कली नामहरु राख्दै रकम उठाएर ठगी भएको अनुसन्धानबाट खुल्यो। यही नक्कली प्रतिवेदन मन्त्रिपरिषद्‌मा पेस गरेर पास गराउने र त्यसपछि रकम लिएकाहरुलाई अमेरिका पठाउने तयारी थियो। यसका लागि उनीहरुले झापा, मोरङका सहायक सिडिओको नेतृत्वमा अर्को उपसमिति गठन गरेर नक्कली प्रतिवेदन मन्त्रिपरिषद्‌मा पेस गर्ने तयारी गरेका थिए। त्यसका लागि उनीहरुले उपसमितिसमेत गठन गरेका थिए।

यो विषय विवादमा आइसकेको भन्दै उपसमितिले काम नगरेपछि उनीहरुको योजना सफल हुन पाएन। त्यसपछि नयाँ सरकार गठन भएपछि यो प्रकरण छानबिनको दायरामा आएको हो। यता पन्थी नेतृत्वको कार्यदलले नै तयार पारेको प्रतिवेदनमासमेत नक्कली नामहरु राखिएको हुनसक्ने आकलन गरिएको छ। सोहीअनुसार अनुसन्धान पनि भइरहेको प्रहरीले जनाएको छ। यो प्रकरणमा एक अर्ब रुपैयाँभन्दा बढी ठगी भएको दाबी गरिएको छ।

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  ०५:२०
  • #नक्कली भुटानी शरणार्थी बनाएर ठगी धन्दा :

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्