• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ १, २०८२ Thu, Jan 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
नक्कली भुटानी शरणार्थी प्रकरण :

कार्यदल गठनबाटै ठगीको सूत्रपात, तर कसरी जोगिए बादल?

64x64
नारायण अधिकारी बुधबार, जेठ १०, २०८०  ०५:२०
1140x725

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्री समेत भइसकेका सांसद टोपबहादुर रायमाझीले आफू संलग्न नरहेको दाबी गर्दै घटनाबारे तत्कालीन गृहमन्त्रीलाई सबै जानकारी रहेको बयान दिएका छन्।

प्रहरीका अनुसार आफूले भुटानी शरणार्थी समस्या समाधानका लागि भनेर पहल गरेको, त्यसका लागि धेरै मान्छेहरुसँग भेटघाट भएको, चिया कफी खाएको विषय स्वीकार गरेका छन्। तर यी सबै गतिविधिमा तत्कालीन गृहमन्त्री र गृहसचिवलाई सबै जानकारी रहेको रायमाझीको दाबी छ।

रायमाझीले भनेको बेलाका तत्कालीन गृहमन्त्री थिए रामबहादुर थापा ‘बादल’। तर एमालेका उपाध्यक्षसमेत रहेका बादललाई भने प्रतिवादी नबनाउँदै प्रहरीले रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा पठाएको छ।

शरणार्थी मामला मुख्यगरी दुई देशबीचको इस्यु हुनेगर्छ। एउटा कहाँबाट शरणार्थी भयो र कहाँ आश्रय लियो यी दुई देशको मुख्य मुद्दा बन्छ। शरणार्थी भएर आएको देशमा फिर्ता गराउने विषय असफल भएपछि 'सेटल' गराउने विषय प्राथमिक बन्छ। त्यसका लागि युएनएचसीआरको समन्वयमा शरणार्थीको व्यवस्थापन हुने गर्छ। 

युएनएचसीआरकै पहलमा शरणार्थी मामला टुंगो लाग्ने गर्छ। कुन देशमा शरणार्थी भएर बसेको र कुन देशमा पठाउने लागेको भन्ने दुई देशबीचको समन्वयमा युएनएचसीआरले काम गर्छ।

तर, युएनएचसीआरले भुटानी शरणार्थीको मामला बन्द गरेको अवस्थामा गृहमन्त्रालयले शरणार्थी समस्या समाधानका लागि कार्यदल बनाउनु नै गलत रहेको प्रहरी अधिकारी स्वयमले बताउँदै आएका छन्। ‘जुन देशमा पठाउन खोजिएको छ। त्यो देशलाई कुनै जानकारी नै छैन। जसले शरणार्थी समस्या समाधानबारे काम गर्छ। त्यसले यो च्याप्टर नै क्लोज गरेको छ। यस्तो अवस्थामा गृहमन्त्रालयले आफूखुसी कार्यदल बनाउनु नै मनसाय गलत हो। यसमा रिपोर्ट सही दिएको भए पनि आफूखुसी कार्यदल बन्नु नै संकास्पद छ’, शरणार्थी समस्या समाधानबारे जानकार एक व्यक्तिले भने, ‘जसकारण कार्यदल कसले बनाउने भन्नेमाथि पनि सुरुवाती क्रममै छानबिन गर्नुपर्नेमा त्यो गरेको देखिएन।’

भुटानी शरणार्थी समस्या समाधानका लागि भन्दै गृहमन्त्री रामबहादुर थापाको पालामा २०७६ जेठ ३० मा एउटा कार्यदल गठन गरिएको थियो। गृह मन्त्रालयका पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा विज्ञको रुपमा गणेशबहादुर केसी र सदस्य सचिवको रुपमा गृहका तत्कालीन शाखा अधिकृत दीपकप्रसाद न्यौपाने थिए।

छुटपुट भन्दै उक्त कार्यदलले भुटानी शरणार्थीको रुपमा ४२९ जनाको नाम समेट्दै प्रतिवेदन बुझाएको थियो। यो प्रतिवेदनमा सक्कली भुटानी शरणार्थीको नाम समेटिए पनि कार्यदल बनाउनु नै गलत रहेकाले कार्यदल बनाउने व्यक्तिहरुमाथि पनि अनुसन्धान गर्नुपर्ने उनले बताए। कार्यदल नै विचौलियाको सुझाव अनुसार बनेको समेत प्रहरी अनुसन्धानबाट खुलेको थियो।

Ncell 2
Ncell 2

विचौलियाहरु सानु भण्डारी, केशव दुलाललगायतको योजनामा कार्यदल बनेको प्रहरी अनुसन्धानबाट खुलेको थियो। कार्यदल बनाएर ठगी धन्दा सञ्चालन गर्ने दाउअनुसार नै विचौलियाहरुले इन्द्रजित राईलाई बादलको सुरक्षा सल्लाहकारसम्म बनाएको पाइएको थियो। त्यसपछि इन्द्रजितमार्फत् नै गृहमन्त्री बादललाई भनेर मन्त्रीस्तरीय निर्णयबाट भन्दै पन्थी नेतृत्वको कार्यदल बनाइएको थियो।

कार्यदलका मान्छेहरुसमेत विचौलियाहरुले भनेअनुसार नै राखिएकोसमेत पाइएको थियो। कार्यदल बनाएर औपचारिक रुपमा ठगीधन्दा सुरु गरिएको प्रकरणमा बादलका सचिवालयमा रहेकाहरु पक्राउ परे। सुरक्षा सल्लाहाकार इन्द्रजितसँगै उनका छोरा निरज र बादलका छोरा प्रतीकविरुद्ध पनि पक्राउ पुर्जी जारी भयो। निरज र प्रतीक अहिले पनि फरार छन्।

बादलले नै बनाएको कार्यदलका व्यक्तिहरुलाईसमेत प्रहरीले बयान गरायो। बादलकै श्रीमती नैनकलादेखि उनको पालाका गृहसचिव प्रेमकुमार राईसम्मको नाम विचौलियाहरुले बयानमा लिए। तर यति हुँदासमेत बादलमाथिको अनुसन्धान भने प्रहरीका लागि नै परको विषय बन्यो। एक अर्बभन्दा बढीको ठगीको सुत्राधार बादल रहेको भन्दै बयान दिँदासमेत उनीमाथि सोधपुछ गर्ने हिम्मतसम्म प्रहरीले राखेन।

एमाले सचिवसमेत रहेका टोपबहादुर रायमाझी पक्राउ परेपछि अध्यक्ष केपी शर्मा ओलीले सरकार निर्दोषलाई फसाएर दोषी उम्काउन लागेको भन्दै आपत्तिसमेत जनाए। शरणार्थी प्रकरणबारे ओलीले पटक–पटक प्रधानमन्त्री पुष्पकमल दाहाललाईसमेत भेट गरेर यसबारे जानकारीसमेत गराएका थिए।

आफ्ना वरपरका सबैजसो व्यक्ति पक्राउ पर्दा समेत बादल भने जोगिए। बादलकै पालाबाट सुरु भएको यो ठगीको सुत्रपात गृहमन्त्री बालकृष्ण खाण रहँदासम्म कायम रह्यो। बादलको पालामा पन्थी नेतृत्वको प्रतिवेदन मन्त्रिपरिषद्‌मा पेस गरिएको थियो। तर, सरकार ढलेपछि मन्त्रिपरिषद्ले पास गर्न सकेन। पछि उक्त प्रतिवेदन मन्त्रालयमै फिर्ता पठाइएको थियो। त्यही प्रतिवेदन गुपचुप राखिएको थियो।

तर, अनुसन्धानका क्रममा वास्तविकता भने अर्कै रहेको खुल्यो। नक्कली भुटानी शरणार्थी प्रकरण बाहिरिएपछि प्रहरीले पन्थीको कार्यदलसँग पनि बयान लियो। उनीहरुले आफूले तयार पारेको प्रतिवेदन प्रहरीकहाँ पेस गरे। उनीहरुले पेस गरेको प्रतिवेदन र पछि गृहमन्त्री बनेका खाणले गुपचुप राखेको प्रतिवेदनमा मेल खाएन।

पन्थी कार्यदलले पेस गरेको प्रतिवेदन कीर्ते गरी अनसूची थपेर खाणको पालामा नक्कली नामहरु राख्दै रकम उठाएर ठगी भएको अनुसन्धानबाट खुल्यो। यही नक्कली प्रतिवेदन मन्त्रिपरिषद्‌मा पेस गरेर पास गराउने र त्यसपछि रकम लिएकाहरुलाई अमेरिका पठाउने तयारी थियो। यसका लागि उनीहरुले झापा, मोरङका सहायक सिडिओको नेतृत्वमा अर्को उपसमिति गठन गरेर नक्कली प्रतिवेदन मन्त्रिपरिषद्‌मा पेस गर्ने तयारी गरेका थिए। त्यसका लागि उनीहरुले उपसमितिसमेत गठन गरेका थिए।

यो विषय विवादमा आइसकेको भन्दै उपसमितिले काम नगरेपछि उनीहरुको योजना सफल हुन पाएन। त्यसपछि नयाँ सरकार गठन भएपछि यो प्रकरण छानबिनको दायरामा आएको हो। यता पन्थी नेतृत्वको कार्यदलले नै तयार पारेको प्रतिवेदनमासमेत नक्कली नामहरु राखिएको हुनसक्ने आकलन गरिएको छ। सोहीअनुसार अनुसन्धान पनि भइरहेको प्रहरीले जनाएको छ। यो प्रकरणमा एक अर्ब रुपैयाँभन्दा बढी ठगी भएको दाबी गरिएको छ।

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  ०५:२०
  • #नक्कली भुटानी शरणार्थी बनाएर ठगी धन्दा :

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
सुनसरी गोलीकाण्ड : छानबिन समितिले काम थाल्यो त्यसलगत्तै सुनसरीका साहयक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेको संयोजकत्वमा जिल्ला प्रहरी कार्यलय सुनसरीका डीएसपी चन्द्रबहादुर खड... शुक्रबार, पुस १८, २०८२
एम्बुलेन्सबाट ५२१ किलो गाँजा बरामद आइतबार राति केराबारी गाउँपालिका–५ मा प्रहरीले ५ सय २१ किलो गाँजा बरामद गर्नुका साथै तस्करीमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको हो। सोमबार, पुस १४, २०८२
७५० केजी गाँजासहित दुई जना पक्राउ को १ ज ३४५६ नम्बरको जिपबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले बताए । शनिबार, पुस १२, २०८२
ताजा समाचारसबै
नेपालसहित ७५ देशका नागरिकका लागि अमेरिकाले रोक्यो आप्रवासी भिसा बिहीबार, माघ १, २०८२
मार्बल बोकेको ट्रक पल्टिदा पाँच कामदारको मृत्यु, दुई घाइते बिहीबार, माघ १, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास बिहीबार, माघ १, २०८२
यस्तो रहनेछ देशभरको मौसम बिहीबार, माघ १, २०८२
गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा बिहीबार, माघ १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
देउवाले राजीनामा दिन नमानेपछि महामन्त्रीहरूसँगको वार्ता टुंगियो बुधबार, पुस ३०, २०८२
गगनलाई प्रधानमन्त्रीको उम्मेदवारसहित संस्थापनलाई ८ बुँदे प्रस्ताव, संस्थापनद्वारा अस्वीकार बुधबार, पुस ३०, २०८२
पार्टीबाट निष्कासनमा परेपछि विश्वप्रकाश–  ‘गगन र म दुवै दृढ छौँ, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’ बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोग पुग्यो देउवा पक्षको पत्र, महामन्त्रीद्वयलाई कारबाही गरेको जानकारी बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्