काठमाडौं– राजधानीमा आजदेखि सुरु भएको काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले कीर्गिस्तानलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलामा आज भएको खेलमा नेपालले किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।
नेपालले किर्गिस्तानाई पहिलो सेट २५–११ दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–११ ले पराजित गर्यो।
यस जितसँगै नेपालले ३ अङ्क जोडेको छ। नेपालले आफ्नो दोस्रो खेल भोलि बङ्गलादेशसँग दिउँसो ३ बजे खेल्नेछ।
सोही स्थानमा आजै भएको अर्को खेलमा भारतले बङ्गलादेशमाथि ३–० को सोझो सेटमा जित निकालेको छ। भारतले बङ्गलादेशलाई २५–३, २५–९ र २५–६ ले हरायो।
यस जितसँगै भारतले ३ अङ्क जोड्यो। उक्त प्रतियोगितामा विभिन्न आठ राष्ट्रको सहभागिता रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।