काठमाडौं– दोस्रो बागमती प्रदेश खेलकुदको एथ्लेटिक्सतर्फ एक हजार पाँच सय मिटर दौडमा सिन्धुपाल्चोककी अस्मिता भुजेल र दोलखाका विकेश घिमिरेले स्वर्ण पदक जित्न सफल भएका छन्।
हेटौंडास्थित पिप्ले क्याम्पा रङ्गशालामा सोमबारदेखि सुरु भएको प्रतिस्पर्धामा अस्मिता महिलातर्फ र विकेश पुरुषतर्फ स्वर्ण पदक विजयी बन्न सफल भएका छन्।
विकेशले ४ मिनेट ३३ सेकेन्ड समयमा सफल भएका हुन् भने यही विधामा नुवाकोटका दिनेश राईले रजत र काठमाडौंका पवनकुमार साहले कास्य पदक जित्न सफल भएका थिए। यस्तै, महिलामा स्वर्ण विजेता अस्मिताले पाँच मिनेट ३२ सेकेन्ड समयमा सफल भइन् भने रामेछापकी भगवती खड्काले रजत र दोलखाकी सोनी घोतानेले कास्य पदक जित्न सफल भइन्।
यस्तै, हाइजम्प खेलमा दोलखाकी रोजिना कार्कीले स्वर्ण पदक प्राप्त गरिन् भने उनले १ दशमलव ३१ मिटर उचाइमा उफ्रिन सफल भइन्। यस्तै चितवनकी करुणाबोटले रजत र काभ्रेकी कविता गौतमले कास्य पदक प्राप्त गरिन्।
यसै विधामा पुरुषतर्फ चितवनका अविनाश सुनारले स्वर्ण पदक जिते। उनले १ दशमलव ६९ मिटर उचाइ उफ्रिएर स्वर्ण पदक हासिल गर्न सफल भएका हुन्। उता सिन्धुलीका रोशनकुमार दनुवार रजत र चितवनका समीर चौधरी कास्य पदक जित्न सफल भए।
यस्तै, डिस्कस थ्रोमा महिलातर्फ रामेछापकी अनिता कार्कीले २१ दशमलव ९८ मिटर पर फ्याँक्दै स्वर्ण जित्न सफल भइन् भने दोलखाकी ममता सुनुवार रजत र नुवाकोटकी रोजिना राई कास्य पदक जित्न सफल भइन्। पुरुषतर्फ भने रामेछापका रामकुमार माझीले स्वर्ण पदक प्राप्त गरे।
उनले २७ दशमलव ७० मिटर पर फ्याँकेर स्वर्ण पदक प्राप्त गर्न सफल भएका हुन् भने चितवनका ललित राउत रजत र दीपेश महतो कास्य पदक जित्न सफल भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।