काठमाडौं– भुटानी शरणार्थी प्रकरणमा फरार व्यक्तिहरुको नामावली प्राप्त भएको छ। प्रहरीले नेपाल लाइभलाई दिएको जानकारी अनुसार १४ जनाको नाम प्राप्त भएको छ।
अन्य दुई जनाको भने नाम उपलब्ध गराइएको छैन। स्रोतका अनुसार अन्य दुई जना हाइप्रोफाइल व्यक्ति रहेका छन्। यी व्यक्तिहरुविरुद्ध मुद्दा चलाउनुपर्ने प्रहरीको निष्कर्ष रहेको छ।
फरार हुनेमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पनि रहेका छन्।
यी हुन् फरार व्यक्तिहरु
केशव तुलाधार, अशोक पोख्रेल, लक्ष्मी महर्जन, धीरेन राई, मोहन राई, दीपा हुमागाईं, सुनिल बुढाथोकी, विनिता लिम्बू, निरञ्जन खरेल, राजेश अर्याल, हरिभक्त महर्जन, आशिष बुढाथोकी, प्रतीक थापा र निरज राई।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।