• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
भुटानी शरणार्थी प्रकरण :

प्रहरीमाथि तीव्र दबाब, भीआईपीमाथिको अनुसन्धान ‘पानीको फोका’ हुने संकेत!

आईजी आफैं टेकु पुगेर लिए जानकारी
64x64
नारायण अधिकारी आइतबार, जेठ ७, २०८०  १९:४९
1140x725

काठमाडौं– नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणको अनुसन्धान फाइल बुझाउने अन्तिम तयारीमा प्रहरी जुटेको छ। दुई महिना लामो संगठित ठगी कसुरको अनुसन्धान सकेर प्रहरीले आइतबार नै फाइल पठाउने तयारी गरेको थियो। 

तर, समय अभाव भन्दै प्रहरीले भोलि सोमबार मात्रै फाइल पठाउन लागेको छ। अनुसन्धान सकिएर फाइल पठाउन लाग्दा भीआईपीहरुसमेत जोडिएको यो प्रकरणमा प्रहरीमाथि भने अहिले तीव्र दबाब आएको पाइएको छ।

अनुसन्धानको जिम्मा पाएका कार्यालयका प्रहरी अधिकारीहरुमाथि अहिले दबाब आएको पाइएको छ। सुरुवाती क्रममा सरकारबाट पूर्ण समर्थन पाएको प्रहरीले भने पछिल्लो क्रममा भने खुट्टा कमाउन थालेको प्रहरी अधिकारीहरु नै बताउँछन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कांग्रेस नेतृत्वलेसमेत भुटानी शरणार्थी प्रकरणको विषयलाई चासो राख्दै प्रहरीसँग घटनाबारे जानकारी लिएका छन्। उनीहरुले प्रहरी नेतृत्वसँग यो विषय कहाँसम्म पुग्छ? अहिले पक्राउ परेकाहरु हकमा के कस्तो प्रमाण भेटिएको तथा कानुन आकर्षित हुनसक्छ भन्नेदेखि मुद्दा मिल्नेसम्म मिलाउनुपर्ने खालको दबाब दिएको स्रोतको भनाइ छ।

घटनाबारे माथिल्लो तहबाट निरन्तर दबाब आएपछि आइतबार बिहानै प्रहरी महानिरीक्षक आईजी बसन्तबहादुर कुँवर, उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी श्यामलाल ज्ञवाली, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा एसएसपी डा मनोज केसी जिल्ला प्रहरी परिसर टेकु पुगेका थिए। 

उनीहरुले घटनाबारे ब्रिफिङ लिएका थिए। आइतबार बिहान ४ घण्टाभन्दा बढी उनीहरुले ब्रिफिङ लिएको परिसर स्रोतले जनाएको छ। घटनाबारे अश्वाभाविक चासो र दबाब आएपछि आइतबार जिल्ला सरकारी वकिल कार्यालयमा पठाउने भनिएको अनुसन्धान फाइलसमेत प्रहरीले पठाउन सकेन।

यही घटनाबारे महान्यायाधिवक्ता दिनमणि पोखरेलले जिल्ला प्रहरी परिसर टेकुका एसएसपी दानबहादुर कार्कीसहितका प्रहरी अधिकारीहरुसँग समेत जानकारी लिएको पाइएको छ।

महान्यायाधिवक्ता कार्यालयले पनि भेटघाट भएको विषयलाई स्वीकार गर्‍यो। ‘ठूलो र भीआईपी मुद्दा भएकाले चासो हुनु स्वाभाविक पनि हो। यसलाई अन्यथा लिनु हुन्न,’ महान्यायाधिवक्ता दिनमणि पोखरेलले नेपाल लाइभसँग भने। 

Ncell 2
Ncell 2
nimb
nimb

भेटघाटमा के भयो भन्ने विषय कसैले खुलाउन नचाहे पनि सकेसम्म भीआईहरुमाथिको मुद्दा कमजोर बनाउनुपर्ने आसय रहेको स्रोतले जानकारी दियो। ‘हामी नदीमा हेलिसकेका छौं। अब ब्याक हुने अवस्था छैन। पार लगाउनुको विकल्प नरहेको भनेर प्रहरीले प्रष्ट जवाफ दिएको’ स्रोतको दाबी छ। 

यो घटनामा नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेकपा एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्रीसमेत भइसकेका सांसद टोपबहादुर रायमाझी, नेपाल सरकारका सचिव तथा पूर्वगृहसचिव टेकनारायण पाण्डेसहितका हाईप्रोफाइल व्यक्तिहरु पक्राउ परेका छन्।

त्यसैगरी भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल, नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मिया, एमाले सचिव रायमाझीका छोरा सन्दीपलगायत १६ जना व्यक्ति पक्राउ परेका छन्।

पक्राउ परेका १६ जनासँगै पक्राउ पुर्जी जारी भएर फरार १६ जनालाई प्रतिवादी बनाउँदै रायसहितको अनुसन्धान फाइल बुझाउने तयारी गरिएको परिसरका एसएसपी दानबहादुर कार्कीले बताए। ‘अहिलेसम्म ३२ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन पेस गर्ने तयारी गरेका छौं। भोलिसम्ममा यो संख्यामा केही बढ्न पनि सक्छ’ एसएसपी कार्कीले भने।

Xtrem

Xtrem

बयानमा नाम लिइएका तर अहिलेसम्म प्रमाण नजुटेका हाईप्रोफाइलको हकमा भने दोस्रो चरणमा अनुसन्धान हुने प्रहरीले दाबी गरेको छ। पक्राउ परेका आरोपीहरुले बयानमा एमाले नेता रामबहादुर थापा बादल, कांग्रेसकी सांसद तथा बालकृष्ण खाणकी श्रीमती मञ्जु खाण, पूर्वगृहसचिवद्वय प्रेमकुमार राई र महेश्वर न्यौपाने, एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, एमालेकै नेता तथा पूर्व प्रदेश सांसद डा अजयक्रान्ति शाक्य, बादलकी श्रीमती नैनकला थापाकोसमेत नाम लिएका छन्।

भुटानी शरणार्थी समस्या समाधानका लागि भन्दै गृहमन्त्री बादलको पालामा २०७६ जेठ ३० मा एउटा कार्यदल गठन गरिएको थियो। गृह मन्त्रालयका पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्व गठित कार्यदलमा विज्ञको रुपमा गणेशबहादुर केसी र सदस्य सचिवको रुपमा गृहका तत्कालीन शाखा अधिकृत दीपकप्रसाद न्यौपाने थिए।
 
विचौलियाहरुकै सेटिङमा कार्यदलमा मान्छेहरु राखेर बादलकै पालामा ठगी प्रकरण सुरु भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। पछि खाणको पालामा पन्थी कार्यदलको प्रतिवेदनमा अनसूची नै थपेर नक्कली नाम राख्दै ठगी भएको प्रहरीको निष्कर्ष छ।

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  १९:४९
  • #नक्कली भुटानी शरणार्थी बनाएर ठगी धन्दा :

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेन्टभित्र लुकाएर ल्याइएको ५३५ ग्राम सुनजस्तो देखिने पहेंलो धातुसहित एक जना पक्राउ परेका छन्। बिहीबार, असोज ८, २०८३
ग्रीन आर्मीको प्रभाव: सुरक्षा निकायको नाम र पोशाक मिल्ने संस्था दर्तामा रोक गृह मन्त्रालयले बुधबार सचिवस्तरीय निर्णय गर्दै देशभरका जिल्ला प्रशासन कार्यालयलाई यससम्बन्धी निर्देशन पठाएको छ। मन्त्रालयले सुरक्षा... बुधबार, असोज ७, २०८३
इजरायल रोजगारी दिने भन्दै ठगी : कांग्रेस नेता चौलागाईंलाई डेढ करोड बुझाएको बालिकाको बयान सीआईबीका अनुसार १५६ जनालाई इजरायल पठाइदिने भन्दै चौलागाईं र सिवाकोटीले करिब २ करोड ५० लाख रुपैयाँ उठाएको प्रारम्भिक अनुसन्धानबाट खुल... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
भोटेकोशी बाढी : ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन बिहीबार, असोज ८, २०८३
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६५ हजार क्युसेक प्रतिसेकेण्ड, २३ ढोका खुला बिहीबार, असोज ८, २०८३
सदनको नियमापत्तिलाई सदुपयोग गर्न सभामुखको निर्देशन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
ओलीको प्रतिवेदनले एकताको सन्देश दिएको एमालेको निष्कर्ष, मनोनीत केन्द्रीय सदस्यको नाम टुंगियो बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्