काठमाडौं– शाओमी नेपालले आफ्नो नयाँ वायरलेस ऐरबड्स–रेडमी बड्स ४ र रेडमी बड्स ४ लाईट लञ्च गरेको छ।
जोरदार र स्पष्ट साउण्ड प्रदान गर्ने १० एमएम डाइनामिक ड्राइभसहित आउने यस रेड्मी ऐरबड्स ४ मा संगीतलाई अझै महसुस गर्न हाइब्रिड नोइज क्यान्सिलेसन प्रविधि समावेश गरिएको कम्पनीले बताएको छ।
डुअल ट्रान्सपरेन्सी मोडसँग आउने यस ऐरबड्सले आफ्नो वरपरको वातावरणसँग पनि कनेक्ट राख्ने बताइएको छ।
आइपी ५४ प्रोटेक्शन लेवेल लागि इन्जिनियर गरिएको भएर यसलाई जिम वा लामो यात्रामा जहाँ जाँदा पनि लिएर जान सकिन्छ।
रेडमी बड्स ४ ले इन–गेम अडियो लेटन्सी प्रदान गर्न Bluetooth® 5.2 प्रोटोकल प्रयोग गरिएको छ। रेडमी बड्स ४ को ब्याट्री लाइफ पनि त्यतिकै टिकाउ रहेको र एक पटक चार्ज गर्दा ६ घण्टा सम्मको प्लेब्याक प्रदान गर्ने बताइएको छ।
साथै चार्जिङ केसले थप ३० घण्टाको ब्याट्री लाइफ प्रदान गर्न सक्दछ। एआई नोइज क्यान्सिलेसनका साथ साथै संगीत र कलको लागि टच कन्ट्रोलहरू जडित Redmi Buds 4 Lite मा १२ एमएम डाइनामिक ड्राइभर रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।