काठमाडौं– ‘पशुपति प्रसाद २ : भष्मे डन’को छायांकन सकिएको छ।
फिल्मका लेखक तथा निर्देशक खगेन्द्र लामिछानेले बिहीबारदेखि छायांकनको काम सकिएको जानकारी दिए। ‘एक महिनामा सक्ने भनिएको सुटिङ ५६ दिन लाग्यो। अब पोस्ट प्रोडक्सनको काम गर्छौं’, लामिछानेले भने।
फिल्म भष्मे डनको कथामा आधारित छ। भष्मे डनको भूमिका विपीनले निर्वाह गरेका छन्। ७ वर्षअघि निर्माण भएको फिल्ममा भष्मे डनको चरित्रलाई दर्शकले रुचाएका थिए।
फिल्म आगामी दसैंको फूलपातीमा रिलिज हुनेछ। फिल्ममा विपीनसँगै सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगर र वर्षा शिवाकोटी लगायतका कलाकारको भूमिका छ। फिल्मको निर्देशन दीपेन्द्र के खनालले गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।