काठमाडौं- नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरिएको प्रकरणमा नेपाल हज समितिका अध्यक्ष शम्शेर मियाँ पक्राउ परेका छन्। उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको परिसरका प्रमुख तथा एसएसपी दानबहादुर कार्कीले बताए।
प्रहरी स्रोतका अनुसार मियाँलाई देशको मुख्य प्रशासनिक निकाय सिंहदरबार भित्रबाटै पक्राउ गरिएको छ। मियाँलाई हज समितिको सचिवालयको कार्यकक्षबाटै पक्राउ गरिएको परिसर स्रोतले जानकारी दियो।‘मियालाई सिंहदरबारभित्र उहाँकै कार्यकक्षबाट पक्राउ गरिएको हो,’स्रोतले नेपाल लाइभसँग भन्यो।
मियाँले चढ्ने सरकारी गाडी नै प्रयोग गरेर गिरोहले पैसाको डिल गर्ने गरेको पाइएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। उक्त गाडी अहिले प्रहरीले बरामद गरेर परिसर टेकुमा राखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।