काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुुख कार्यकारी अधिकृत(सिइअाे) मा सुुयोग श्रेष्ठ नियुुक्त भएका छन्। बैंकको शुक्रबार बसेको सञ्चालक समितिको २ सय १४औं बैठकले श्रेष्ठलाई नियुुक्त गर्ने निर्णय गरेको हो। श्रेष्ठ यसअघि तत्कालीन एस डेभलपमेन्ट बैंकको प्रमुुख कार्यकारी अधिकृत थिए।
श्रेष्ठले त्रिभुुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातक तथा इन्सिच्युुट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डिया, नयाँ दिल्लीबाट चार्र्टर्ड एकाउन्टेन्ट उत्तीर्ण गरेका छन्। श्रेष्ठले सन् २००० मा हिमालयन बैंकबाट जुुनियर अफिसर स्तरबाट आफ्नो बैंकिङ करियर सुुरु गरेका थिए।
सोपश्चात् उनले नेपाल इन्भेष्टमेन्ट बैंक, तत्कालीन भिवोर डेभलपमेन्ट बैंक तथा तत्कालीन एस डेभलपमेन्ट बैंकमा समेत काम गरिसकेका बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।